निजगढ वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, बैंक रोड युवा बचत समूहव्दारा सम्मानित

                     
  नेपाल लेख   २०७९ जेष्ठ १४, शनिबार १६:०२

जेष्ठ १४ (निजगढ)

निजगढ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिनालाई शनिवार सम्मान गरिएको छ । निजगढको बैंकरोड युवा बचत समूहले नवनिर्वाचित वडा अध्यक्ष तिमल्सिनालाई सम्मान गरेको हो । वडा अध्यक्ष तिमल्सिना बैंक रोड युवा बचत समुहको सेयर सदस्य समेत हुनुहुन्छ । समुहले वडा अध्यक्ष तिमल्सिनालाई वडा अध्यक्षमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना सहित सफल कार्यकालका निम्ति शुभकामना दिएको समुहका सदस्य दिनबन्धु साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?