निजगढ विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको आदेश सच्याउन विरोध प्रदर्शन

                     
  नेपाल लेख   २०७९ जेष्ठ १३, शुक्रबार १५:२१

जेष्ठ १३ (निजगढ)

सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित दोश्रो अन्र्तराष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको बिरोधमा निजगढमा आज शुक्रवार बिहान ८ बजेदेखि पौने घण्टा राजमार्ग अबरुद्ध गरिएको छ । स्वतन्त्र युवा विद्यार्थी निजगढ सरोकार मञ्चको आह्वानमा महेन्द्र राजमार्ग स्थित शहिद चोकमा बिहान ८ बजेदेखि पौने घण्टा राजमार्ग अबरुद्ध गरेका हुन । राजमार्ग अबरोधले सयौ सवारी आवागमनमा समस्या भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता पेमासिद्धि लामाले मधेश र सिगो देशको हक र हितमा रहेको दोश्रो अन्र्तराष्ट्रिय विमानस्थल वनाउन सर्बोच्च अदालतले गरेको निर्णय गलत रहेकोले सच्चाउन माग गरे । एमाले निजगढ नगर कमिटी तिलक घलान, जयराम कुवर, माओवादी केन्द्रका कुमार लामा, राप्रपाका बासु तिमल्सिना लगायतले अदालतको निर्णय गलत रहेकोले सच्चाउन माग गर्नुभयो । उनीहरुले निर्णय नसच्चिएसम्म नियमित आन्दोलनका कार्यक्रम बढाउदै लैजाने समेत बताउनुभयो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?