प्रेस शिलशिला
जेष्ठ १३, (निजगढ)
बाराको निजगढमा प्रस्तावित दोश्रो अन्र्तराष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले आदेश दिए पछि यतिबेला निजगढबासीहरु बिरोधमा राजमार्ग अवरुद्ध गदै प्रदर्शनमा उत्रिएका छन् । राजमार्ग अवरुद्ध प्रदर्शन स्वतन्त्र युवा बिद्यार्थी निजगढ सरोकार मञ्चले आयोजना गरेको थियो ।
पूर्वपश्चित महेन्द्र राजमार्ग अन्तर्गत बाराको निजगढमा शुक्रवार बिहान ८ बजेदेखि करिब २ घण्टा राजमार्ग अबरुद्ध गरेका थिए । राजमार्ग अबरोधले सयौ सवारी आवागमनमा समस्या देखिएको थियो ।
नेपाली काँग्रेसका नेता पेमासिद्ध लामाले कार्यक्रममा बोल्दै मधेश र सिँगो देशको हक हितमा रहेको दोश्रो अन्तराष्ट्रिय विमानस्थल बनाउन सर्वोच्च अदालतले गरेको निर्णय गलत रहेकोले यसलाई तल्काल सच्चाउनुपर्ने माग गरेका थिए ।
यस्तै एमालेका तिलक घलान, जयराम कुवर, माओवादी केन्द्रका कुमार लामा, राप्रपाका बासु तिमल्सिना लगायतले अदालतको निर्णय गलत रहेकोले सच्चाउन माग गरे । उनीहरुले निर्णय नसच्चिएसम्म नियमित आन्दोलनका कार्यक्रम बढाउदै लैजाने समेत बताए ।