पटकपटक भएको अभिभावक भेलाबाट पनि विद्यालय व्यवस्थापन समितिको गठन हुन नसकेपछि निजगढ ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयका अभिभावकहरुले निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धिताललाई ध्यानाकषर्ण पत्र बुझाएका छन ।
विद्यालयमा राजनीतिक खिचातानीले व्यवस्थापन समिति गठन हुन नसकेको भन्दै अभिभावक रामहरी खरेलले प्रुमख प्रशासकीय अधिकृत धिताललाई ध्यानकर्षण पत्र बुझाएका छन ।
खरेलले शिक्षा नियमावलीको आधारमा विशुद्ध अभिभावकहरुको मात्रै भेला गराएर समिति गठन हुनुपर्ने र समिति गठनमा सहमति हुननसके प्रत्यक्ष निर्वाचन मार्फत समिति चयन गरिनु पर्ने खरेलले बताए ।
व्यवस्थापन समितिका सदस्य चयन गर्ने बारेमा स्थानीय राजनीतिक दल समर्थित अभिभावकहरु बीच सहमति हुन नसक्दा लामो समयदेखि विद्यालयमा व्यवस्थापन समिति गठन हुन सकेको छैन ।
नेकपा एमाले र नेपाली कंग्रेस समर्थिक अभिभावकहरुले अध्यक्ष पदमा दाबी गरेपछि समिति गठनमा सहमति हुन नसकेको हो । सहमतिमा समिति गठन गर्न भनेर पछिल्लो एक महिना यता विद्यालयले १० पटकसम्म अभिभावक भेला आयोजना गरिसकेको भएपनि समिति भने अझै गठन हुन सकेको छैन ।