निजगढनगरपालिका वडा नम्बर ९ को शान्ति टोलका उपभोक्ताहरु विद्युतलाईनमा कमभोल्टेज आउने समस्याबाट मुक्त भएका छन । निजगढ नगरपालिका वडा नम्बर ९ वडा कार्यालयको पहलमा १ सय केबीको नयाँ ट्रान्सफर्मर जडान गरिएपछि स्थानीय विद्युत उपभोक्ताहरुले घरमा जडान गरेको विद्युत लाइनमा कमभोल्टेज आउने समस्याबाट मुक्ति पाएका हुन ।
विद्युतलाईनमा कमभोल्टेज आउन थालेपछि स्थानीयले वर्षौदेखि समस्या बेहोर्दै आएका थिए । भोल्टेज कमको समस्याले घरको बत्ति, पङ्गखा र एसी र फ्रिज जस्ता विद्युतीय सामान राम्ररी नचलेको र नया जडान गरेपछि उपभोक्ताहरु समस्याबाटमुक्तभएको वडा अध्यक्ष रामचन्द्र कटुवालले बताउनुभयो ।
त्यसैगरी वडा कार्यालयको पहलमा अस्पताल टोलमापनिसोेमबार १ सय केबीको नयाँ ट्रान्सफर्मर जडान गरिएको छ । सो क्षेत्रकाउपभोक्तापनि घरको लाइनमाकमभोल्टेज आउने समस्याबाट आजितहुदै आएकाथिए । अस्पताल टोलमा ट्रान्सफर्मर जडान गर्ने कार्य सोमबार पुरा भएपनि सो ट्रान्सफर्मरबाट मंगलबारबाट मात्रै विद्युत सुचारु हुने वडा अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।उपभोक्ताहरुको सुविधाको लागिविद्युतप्राधिकरणको सिमरा वितरण शाखामार्फत शान्ति र अस्पताल टोलमानयाँ ट्रान्सफर्मर जडान गरिएको अध्यक्ष कटुवालले बताउनुभयो ।