बारा– प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य पत्रकार महेश्वर अधिकारीलाई नेकपा (माओवादी केन्द्र) बाराले प्रदेश सभा निर्वाचनको उम्मेदवारमा सिफारिस गरेको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य समेत रहेका अधिकारी बारा क्षेत्र नं. १ प्रदेश क मा प्रत्यक्षतर्फ सिफारिस भएको हुन् । उनीसंगै माओवादी नेता हरि चौलागाई लालकिरण, तपेश्वर राय चौधरी, हरि चौलागाई, चर्चित युवा नेता रविराज दंगाल, बेनीबहादुर मुक्तान, अमृत कुमार जिआर, रमेश अर्यालको नाम सिफारिस गरेको छ ।
पत्रकार अधिकारी यसअघि खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा सचिव निर्वाचित भएका थिए । छापा, रेडियो, अनलाई र टेलिभिजनमा डेढ दशकदेखि सक्रिय रहेका पत्रकार अधिकारी पत्रकारितासंगै विभिन्न सामाजिक कार्यमा समेत सक्रिय छन् ।