सन्दीप लामछिाने राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित

                     
  नेपाल लेख   २०७९ भाद्र २३, बिहीबार २१:३४

२०७९ भाद्र २३ (काठमाण्डौँ)

नेपाल क्रिकेट संघ क्यानले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामछिानेलाई नेपाली राष्ट्रीय क्रिकेट टोलीबाट निलम्बन गरेको छ ।

नाबालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामछिाने विरुद्ध बिहीवार पक्राउ पुर्जी जारी गरेपछि बसेको क्यानको बैठकले उनलाई निलम्बन गरेको हो ।

जिल्ला अदालत काठमाडौंले बिहीवार बलात्कार आरोपति लामछिाने विरुद्ध पक्राउ पुर्जी जारी गरेपछी उनलाई निलम्बन गरिएकोे हो ।

नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामछिाने उपर जबरजस्ती करणी कसुरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको र नीज उपर थप अनुसन्धान गर्नका लागी सम्मानीत काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्य सम्पादन समितिको निर्णयअनुुसार सन्दीप लामछिानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ । क्यानद्वारा बिहीवार जारी विज्ञप्तीमा भनिएको छ ।

२०७८ मंसिर २९ गते बसेको क्यानको बैठकले उनलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्ति गरेको थियो ।

गत मंगलबार १७ वर्षीया एक नाबालगि किशोरीले लामिछाने विरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलीपल्ट बुधबार प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।

पक्राउ पुर्जी ल्याएपछि प्रहरीले नेपाल क्रिकेट संघ क्यान मार्फत लामिछानेलाई फिर्ता गर्न औपचारीक आग्रह गर्ने तयारी गरेको छ । त्यसपछि पनि लामिछाने नआए इन्टरपोल वा अरू माध्यमबाट उनलाई नेपाल झिकाइने प्रहरी स्रोतको भनाई छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?