प्रेसशिलशिला
जेष्ठ १५ (निजगढ)
बाराको निजगढ ७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुको सुबिधालाई मध्यनजर गरी आईतबारबाट औपचारिक कार्यक्रमको शुभारम्भ गरि संस्थाको भुईतल्लाबाट नगद काण्उटर र विप्रेषण (रेमिटान्स) सेवा सञ्चालनमा ल्याएको छ । कार्यक्रमको उद्धघाटन गदै प्रमुख अतिथि वडा नं.७ का वडा अध्यक्ष टेक बहादुर लामाले रिवन काटी शुभारम्भ गर्नुभएको थियो ।
संस्थामा नयाँ सदस्यहरुलाई शेयर तथा बचत खाता खोली ,ऋण लगानी गदै सदस्यहरुले आफ्नो मोबाईलबाट नै सम्पूर्ण कारोवार गर्न सक्ने गरि मोबाईल एप संचालनमा ल्याउनुका साथै ऋणीहरुले लिएको कर्जाको जोखिम कम गर्ने उद्देश्यले कर्जा बिमाको समेत सुरु गरिएको संस्थाका ब्यवस्थापक हरि प्रसाद पण्डितले बताउनु भयो ।
कार्यक्रममा लामाले संस्थाले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर उठाउन सहयोग पुग्ने गरी बृद्धबृद्धाहरुलाई भुईतल्लाबाट नै सेवा प्रवाह गर्नाले सहज हुने र थप विप्रेषण (रेमिटान्स) को संचालन गर्दा सदस्यहरुलाई सुविधा हुने धारणा राख्नुभयो ।
त्यस उद्घघाटन कार्यक्रमको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष भोला प्रसाद गौतमले उक्त संस्थाको गतिविधि र सेवाको बारेमा प्रकाश पार्दै शेयर सदस्य महानुभावहरुको साथ र सहयोग तथा कर्मचारीहरुको सक्रियताले हाम्रो यो संस्था निरन्तर प्रगति पथमा अगाडि बढ्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष हरिमैया उपाध्याय पोखरेल, सचिव बोधनाथ चौलागाई, कोषाध्यक्ष बच्चुराम लामिछाने, संस्थाका सल्लाहाकार सदस्य एवम् खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुदर्शन प्रसाद कोइराला, सदस्यहरुमा सुदिप तिमल्सिना, दिनानाथ साह, रमेश प्रसाद गौतम, लेखा संयोजक रुद्र प्रसाद धिताल, लेखा सदस्य मञ्जु कार्की र कर्मचारीहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन संस्थाका ब्यवस्थापक हरि प्रसाद पण्डितले गर्नुभएको थियो ।
फोटो फिचर