निजगढ वडा नं.८ मा एमाले उम्मेदवारहरुको चुनावी घरदैलो कार्यक्रम सम्पन्न, वडालाई भ्रष्ट्राचारमुक्त पार्ने वडा अध्यक्ष गौतमको भनाई, यस्तो छ गौतमको घोषणा पत्र

                     
  नेपाल लेख   २०७९ बैशाख २०, मंगलवार ०६:००

बैशाख १९ (निजगढ)

निजगढ नगरपालिका वडा नम्बर नम्बर ८ मा सोमवार नेकपा एमालेका उम्मेदवारहरुले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेका छन् । नगर प्रमुख उम्मेदवार सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा अध्यक्षका उम्मेदवार भोलाप्रसाद गौतमसहितको टोलीले घरदैलोमार्फत मतदाता भेटघाट गरेको हो । टोलीले शहिद चोकबाट पूर्वपश्चिम राजमार्ग हुदै खयरघारीमा घरदैलो कार्यक्रम गरेको छ । कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य दुर्गा कोइराला, चुनाव प्रचार समितिका संयोजक मुकुन्द लामिछाने लगायत नेकपा एमालेका नेता कार्यकर्तालगायतको सहभागिता रहेको थियो । यसै संदर्भमा वडा नम्बर ८ का वडा अध्यक्षका उम्मेदवार गौतमले आफुले चुनाब जितेमा वडालाई भ्रस्टचार मुक्त बनाउदै समग्र वडाको बिकासको लागि लागि पर्ने बताउदै आफ्नो घोषणापत्र सार्वजनिक गर्नुभएको थियो ।

यस्तो छ उहाँको घोषणापत्र

क) जग्गा जमिन सम्बन्धी :-

१) भुमिहीन सुकुम्बासी भुमिहिन दलितलाई बमोबास गरेकै ठाउँमा र डेरागरी बस्ने त्यस्ता भुमिहिनलाई वडा भित्रै उपयुक्त स्थानमा घडेरीको ब्यवस्था गर्ने ।

२) चलनचल्तीमा आउन बाँकी जग्गाधनी दर्ता प्रमाणपूर्जालाई अविलम्ब चलन चल्तीमा ल्याउन पहल गर्ने ।

३) वडाभित्र रहेका सार्वजनिक जग्गाहरु पहिचान गरी संरक्षण गर्ने ।

४) वडा भित्रका जग्गा जमिनको वर्गिकरण गरी आवास, कृषि र औद्योगिक क्षेत्र विस्तार गर्न पहल गर्ने ।

५) जग्गा प्लटिङको लागि मापदण्ड र क्षेत्र निर्धारण गर्ने ।

ख) बाटो घाटो तथा पूर्वाधार निर्माण :-

१) रैयाटोलदेखि धजघाट जाने बाटोको जमुनापैनीमा पक्की पुल (कल्भर्ट) निर्माण गर्ने ।

२) आधुनिक सामुदायिक भवन निर्माणमा जोड दिने ।

३) उचित स्थानमा आधुनिक एवम् सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गर्ने ।

४) वडाभित्रका कृषि सडक गाउँबस्तीमा निर्माणधिन अधुरा एवम् नाला सहितका पक्की सडक निर्माण गर्ने ।

ड्ड कृषि भवनदेखि वडा नंं.५ को सिमानासम्मको कृषि सडक ।

ड्ड जमुनापैनीदेखि असि विगाहासम्म हुँदै ४ नम्बर जोड्ने धजघाट सडक ।

ड्ड जमुनापैनी हुँदै धजघाट जानेबाटोसम्म जोडिने सडक ।

ड्ड औताटोलदेखि धजघाटसम्म जोड्ने सडक ।

ड्ड रैयाटोल, स्कुलटोल, गुम्बाटोल, जमुनापैनी टोल, खयरखारी टोल, गैरीगाउँ, न्यौपानेटोल आदिमा नाला सहित आन्तरिक बाटोहरु निर्माण गर्ने ।

ड्ड गौरीशंकर माध्यमिक बिद्यालय हुँदै बजार जोड्ने बाटोहरु ।

ग) सिँचाई तथा बाढी नियन्त्रण :-

१) वडा भित्रका सम्पूर्ण कृषि योग्य जमिनमा बाह्ै (१२) महिना सिँचाईको ब्यवस्था गर्ने ।

२) चलनचल्ती पैनी कुलो सुधार गरि ब्यवस्थापन गर्ने ।

३) कुलो, पैनीको पानी नलाग्ने जमिनमा भुमिगत सिँचाईको ब्यवस्था गर्ने ।

४) बर्षाको समयमा राजमार्ग उत्तरका अधिकांश बस्ती डुबानमा परी बर्षेनी भोग्नु परेको दुखकष्ठबाट मुक्ति पाउन उपयुक्त पानी विकास ब्यवस्था गर्ने ।

५) आँप खोल्छीदेखि जमुनापैनीसम्मको कुलो सुधार गरि बर्षातको पानी नियन्त्रण गर्ने ।

घ) उज्यालो वडा कार्यक्रम :-

१) प्रत्येक टोलको मूल तथा शाखा बाटोमा अब्यवस्थित बिधुत पोललाई ब्यवस्थित गर्न सम्बन्धित निकायमा पहल गरी ब्यवस्थित गर्ने ।

२) रातीको समयमा बाटो हिड्ने बटुवालाई सहजता तथा चोरी कार्यलाई निरुत्साहित गर्न बिधुत पोलहरुमा बत्तिको ब्यवस्था गर्ने ।

ङ) स्वच्छ पिउने पानी :-

१) सम्पूर्ण वडाबासीलाई प्रत्येक घर₋घरमा स्वच्छ एवम् सफा पिउने पानीको प्रबन्ध ।

२) पक्की सडक निर्माण भएका ठाउँमा नयाँ पाईपलाईनको विस्तार गर्ने ।

३) अत्यन्त गरिब एवम् सिमान्तकृत परिवारलाई पिउने पानीका धारा जडानमा मिटर सहितका पुरै खर्च ब्यवहोर्ने ।

४) नगरसँग समन्वय गरि पानी महसुल छुटको प्रयास गर्ने ।

च) स्वास्थ्य एवम् सरसफाई :-

१) प्रत्येक बस्ती गाउँ, टोलहरुमा सरसफाई अभियान संचालन गरि सुन्दर वडा निर्माण गरिनेछ ।

२) बन्ने वा बनेका वडा भित्रका नालाहरु नियमित सरसफाई गरि दुर्गन्ध हुनबाट जोगाउने ।

३) वडाभित्र टोल सुधार समिति गठन गरि उक्त समिति मार्फत विशेष सरसफाई अभियानलाई निरन्तरता दिने ।

४) बजारस्थित स्वास्थ्यको नाममा रहेको पुरानो भवनलाई भत्काई नयाँ आधुनिक शहरी स्वास्थ्य क्लिनियक एवम् सुविधायुक्त (स्वास्थ्य कार्यालय) निर्माण गरि स्वास्थ्य सेवा प्रदान गर्ने ।

५) सिमान्तकृत गरिब, दलित जनतामा स्वास्थ्य सेवाको पहुँच पुर्याउन निश्चित मापदण्ड बनाई स्वास्थ्य बीमा खर्च वडाले ब्यहोर्ने ।

६) वडावासीको आँखा जाँच, महिलाको पाठेघर परिक्षणलाई निःशुल्क गर्ने ।

७) बालबालिकाहरुलाई सबै प्रकारका खोपको ब्यवस्था ।

छ) वन तथा वातावरण संरक्षण :-

१) बकैया नागमणि सामुदायिक वनसँग समन्वय र सहकार्य गरि वनको संरक्षण दिगो वन ब्यवस्थापन र जैविक विविधता संरक्षणमा सघाउन पहल गर्ने ।

२) जलवायु परिवर्तनका कारण उत्पन्न हुने वातावरणी प्रमुख असरहरुबाट वडावासीहरुलाई जोगाउन अनुकुल योजना बनाई कार्यान्वयन गर्न पहल गर्ने ।

३) वडाको वातावरण सन्तुलन कायम गर्न बाटोहरुको दुबै किनारामा बृक्षारोपण गरी हरियाली वडा निर्माण गर्न पहल गर्ने ।

ज) शिक्षा तथा खेलकुद :-

१) वडाभित्र रहेका सबै बिद्यालयहरुमा शैक्षिक गुणस्तर बृद्धिका लागी आवश्यक जनशक्ति र भौतिक पूर्वाधारको विकास गर्ने ।

२) यस वडाभित्र रहेको गौरीशंकर माध्यमिक बिद्यालयलाई नमुना बिद्यालय निर्माणमा आवश्यक सहयोग उपलब्ध गराउने ।

३) बकैया ठाकुर आधारभुत बिद्यालयलाई स्तरोन्नती गरी कक्षा १० सम्म पठनपाठनको आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने ।

४) यस वडाभित्र स्थायी बसोबास गर्ने शिक्षमा पहुँच नपुगेका तथा अन्यन्त गरिब बिद्यार्थीलाई शैक्षिक सामाग्री सहित नि ः शुल्क शिक्षाको प्रबन्ध गर्ने ।

५) गैरीगाउँ स्थित खेलकुद मैदानलाई ब्यवस्थित गर्ने ।

६) शिक्षा र खेलकुदको लागी विशेष प्याकेज बनाई कार्यान्वयनमा ल्याउन पहल गर्ने ।

७) वडास्तरको खेलकुद विकासको लागी आवश्यक खेल पूर्वाधारको विकास गर्दै खेल प्रशिक्षणको ब्यवस्था गरि खेलकुदको संस्थागत विकास गर्ने ।

झ) परम्परागत सँस्कृतिको संरक्षण र पर्यटन विकास :-

१) यस वडाभित्र रहेका मठ, मन्दिर, गुम्बा, चर्चहरुको भौतिक पूर्वाधार विकास तथा पर्व संचालनमा सक्दो सहयोगको ब्यवस्था गर्ने ।

२) यस वडाभित्र प्रवद्र्धन गर्न सम्भाब्यता खोजी गरी सो को विकासमा जोड दिने ।

३) बकैया खोला स्थित सप्तरेखी मन्दिर र धर्मशालाको स्तरोन्नती गरी छट पर्वलाई ब्यवस्थि तगर्न छठी घाटको आवश्यक ब्यवस्था गरिने ।

ञ) सुलभ सेवा सुविधा प्रधान :-

१) वडा कार्यालयबाट छिटो छरितो तरिकाले सेवा प्रदान गरिनुका साथै गरिबलाई सम्पूर्ण सेवा नि ः शुल्क उपलब्ध गराईनेछ ।

ट) रोजगार प्रवन्ध तथा जीविको पार्जन :-

१) विभिन्न निकायसँग सहकार्य र समन्वय गरी रोजगार मुलक (कृषि, पशु उद्यम विकास) तालिम प्रदान गरी आत्मनिर्भता बढाउने ।

२) स्थानीय घरेलु तथा साना उद्योग स्थापना गरी बेरोजगार युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न पहल गर्ने ।

३) यस वडाभित्र रहेका अति विपन्न असहाय आदिवासी, दलित, अपाङ्ग आदिलाई स्थानीय घरेलु पशुपालन, सिलाई कटाई, प्लम्विङ्ग, सिकर्मी, डकर्मी, पेन्टिङ्ग, मेकानिक सिप तालिम प्रधान गरी वेरोजगारी अन्त गर्न पहल गर्ने ।

४) महिला लक्षित तालिम संचालन गरी स्वरोजगारको अवसर सृजना गर्दै महिलाहिँसा जस्ता सामाजिक अपराधलाई निर्मुल पारिनेछ ।

ठ) विविध :-

१) वडावासीहरुको सर्वाङ्गिण विकासका लागी योगाध्यान, आध्यात्मिक केन्द्र, सभाहल, जेष्ठ नागरिक भवन, बालपार्क तथा असाहय आश्रम जस्ता संरचनाहरु आवश्यकता अनुसार निर्माण गरिनेछ ।

२) सम्भावित प्राकृतिक प्रकोप तथा रोगको महामारी आदिबाट प्रभावितलाई उदार, राहत पुनस्थापनाको लागी छुट्ै ब्यवस्था मिलाईनेछ ।

३) दमकल एम्बुलेन्स जस्ता साधनबाट प्राप्त सेवालाई भरपर्दो एवम् गुणस्तरीय बनाइनेछ ।

४) आवश्यकता अनुसार सार्वजनिक शौचालय, प्रतिक्षालय निर्माण गरिनेछ ।

५) भाषा कला र साहित्य संरक्षण र विकासको लागी विभिन्न कला प्रतिष्ठानसँग समन्वय गरी काम गरिनेछ ।

६) प्रत्येक धर्म सँस्कृति अनुसारका मानिसहरुको मृत्यु पछिको संस्कार (अन्त्येष्टि) स्थलको विकासमा मद्दत गरिनेछ ।

७) नागरिकमा बचत गर्ने बानीको विकास गरी सहकारी मार्फत रोजगारी र स्वरोजगारीको सृजना गरिनेछ ।

८) हाट बजारलाई ब्यवस्थित गरी वडावासीले अधिकतम लाभ लिने वातावरण बनाइनेछ ।

९) संचार माध्यमबाट स्वच्छ, स्वतन्त्र भूमिकाको अपेक्षाराखी त्यस क्षेत्रको विकासमा सक्दो सहयोग गरिनेछ ।

१०) बकैया ह्यामबाट आवागमन गर्दा ड्याम होचो हुनगई बस्ती खतरामा पर्ने सम्भावनाबाट सुरक्षित रहन सम्बन्धित निकायसँग समन्वय गरी ब्यवस्थित गरिनेछ ।

११) आगामी ५ बर्षभित्र वडाबासीलाई क्रमश इन्डक्सन चुलो नि : शुल्क उपलब्ध गराई जीवनशैलीमा परिवर्तन ल्याउने ।

१२) वडाभित्र रहेका गरिब एवम् सुकुम्बासीहरुको टायल तथा खरको छानो भएका घरमा क्रमश : जस्ता छानोको ब्यवस्था गर्ने ।

१३) ८० विगाहा क्षेत्रमा अधुरो रहेको बाटो र दुबै किनारामा नाला सहित पक्की सडक निर्माण गर्ने साथै नियमित सिँचाईको लागि स्थायी कुलो निर्माणमा जोड दिने ।

१४) कृष्ण न्यौपानेको घरदेखि उत्तर दक्षिणका बाटोहरु ढलान गर्ने ।

 

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?