२० बैशाख (निजगढ)
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत निजगढ नगरपालिकामा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवारहरूको घरदैलो कार्यक्रम मंगलवार सम्पन्न गरिएको छ । निजगढ वडा नंं.९ को क्षेत्रमा रहेको ईलाका प्रहरी कार्यालयबाट भित्र ठाडोलाईन हुँदै नदीकन्टा, भमरा हुदै तल्लो तेश्रो लाईन आएर बाक्यश्वर मन्दिरमा पुगि फेरि ठाडोलान र तेश्रो लाईन हुँदै शान्तिटोल र बोडिङटोलमा आएर समापन भएको थियो
नेकपा एमालेबाट निजगढ नगरपालिकाको उम्मेदवारी दिनुभएका मेयर सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, वडा नं ९ का वडा अध्यक्ष गणेश राजभण्डारी, सदस्यहरू चित्र प्रसाद चौलागाई, चण्डिका उप्रेती, बबिता श्रेष्ठ प्रधान र एमालेका नेताहरु पुरुषोत्तम पौडेल, एक बहादुर श्रेष्ठ, नारायण खड्का र राज कुमार पोखरेल लगायत वडा सदस्य र स्थानीयहरूको सहभागीता सहितको घरदैलो कार्यक्रम सम्पन्न भएको थियोे । घरदैलो कार्यक्रम निकै नै नाचगाँन सहित भएको थियो ।
घरदैलो कार्यक्रममा स्थानियको उत्साहपूर्ण सहभागीता रहनुका साथै सयौँको संख्यामा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
[video width="368" height="656" mp4="https://pressshilshilakhabar.com/wp-content/uploads/2022/05/video-1651590747.mp4"][/video]