बैशाख १२ (निजगढ)
निजगढ नगर प्रमुखमा नेकपा एमालेका नेता एकबहादुर श्रेष्ठले बागी उम्मेदबारी दिनुभएको छ । नेकपा एमाले प्रदेश समितिका सदस्य श्रेष्ठ निजगढमा एमालेबाट मेयर पदको आकांक्षी रहनुभएको थियो ।
साविक निजगढ गाविसका पूर्वअध्यक्ष समेत रहनुभएका श्रेष्ठ एमालेका पुराना र इमान्दार कार्यकर्ता भएपनि यस पटक मेयरको टिकट नपाएपछि बागी उम्मेदवारी दिनुभएको हो ।
निजगढमा काँग्रेस र माओवादी बीच गठबन्धन बनेको अबस्थामा श्रेष्ठको उम्मेदबारीले गठबन्धनलाई सहयोग पुग्ने आँकलन हुन थालेको छ ।