निजगढको उन्नत लोकतन्त्र पार्टीबाट उपमेयरमा अधिकारीको उम्मेदवारी
बैशाख १२ (निजगढ)
उन्नत लोकतन्त्र पार्टीबाट उपमेयर पदमा निजगढ ६ स्थित सडकटोलका पुरुषोत्तम अधिकारीले आफ्नो उम्मेदारी नाम दर्ता गराएका छन् । अधिकारी विगत १० बर्षेदेखि शिक्षक पेशामा रही काम गदै आई रहनुभएको थियो । हाल उहाँ निजगढ १ सिँगौल स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा कार्यरत रही राहत शिक्षकको रुपमा काम गदै आएको बताए । उहाँले अहिले शिक्षक पेशाबाट राजीनामा दिनुभएको छ , उन्नत लोकतन्त्र पार्टीबाट उपमेयर जस्तो गरिमामय पदमा रही आफ्नो नगरमा भएका जनताहरुलाई परेका समस्या जस्तै खानेपानी, बिधुत, स्वास्थ्य, गुणस्तरीय शिक्षा लगायत समस्याहरुलाई नि ः शुल्क वितरण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
नगरवासीलाई शहरीया गरिबी, डेरावाला व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास पार्टीले लिएको अधिकारीले बताउनुभयो ।
उन्नत लोकतन्त्र पार्टीबाट उपमेयर उम्मेदवारीमा खुला किताब चुनाव चिन्ह सहिँत निर्वाचनमा सहभागी हुँने निर्णय गरिएको अधिकारीको भनाई रहेको छ ।
नगरपालिकाको वासिन्दा, नगरपालिका भित्रको सम्पदा, समस्या र सम्भावना समेतको राम्रो ज्ञान रहेका अधिकारी उम्मेदवारीमा खुला किताब चुनाव चिन्ह सहिँत निर्वाचनमा सहभागी हुँने घोषणा गर्नुभयो ।