बैशाख ०५ (निजगढ)
उन्नत लोकतन्त्र पार्टीबाट पत्रकार गीता मैनाली बाराको निजगढ नगरपालिकाको मेयर पदमा उठ्ने बताउँनु भएको छ । काठमाण्डौं बसेर लामो समय गोरखापत्र दैनिकमा काम गर्नुभएकी मैनाली उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा मैनालीले निजगढ मेयर पदको उम्मेदवार बन्नु भएको हो । निजगढको प्रमुखमा नगरपालिकाको सहिद चोक स्थित एक कार्यक्रमका बिच आँफु यस पालीको चुनावमा मेयरमा उठ्ने घोषणा गर्नुभएको हो । मेयरकी उम्मेदवार मैनालीले नगरवासीलाई शहरीया गरिबी, डेरावाला व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास पार्टीले लिएको मैनालीले बताउँनु भयो । पार्टीले उम्मेदवारीमा खुला किताब चुनाव चिन्ह सहिँत निर्वाचनमा सहभागी हुँने निर्णय गरिएको मैनालको भनाई छ । नगरपालिकाको वासिन्दा, नगरपालिका भित्रको सम्पदा, समस्या र सम्भावना समेतको राम्रो ज्ञान रहेका मैनाली उम्मेदवारीमा खुला किताब चुनाव चिन्ह सहिँत निर्वाचनमा सहभागी हुँने घोषणा गर्नुभयो ।