नेपालले अफगानिस्तानसँग २ मैत्रीपूर्ण खेल खेल्ने

                     
  नेपाल लेख   २०७९ बैशाख ४, आईतवार १५:४३

४ वैशाख, काठमाडौं ।
एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
नेपालले आगामी जेठ ११ र १५ गते कतारमा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको एन्फाले जनाएको छ । एन्फाका अनुसार नेपालले अफगानिस्तानलाई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको र अफगानिस्तानले त्यसलाई स्वीकार गरेको हो । छनोटका लागि नेपाली राष्ट्रिय टिमले तयारी तिव्र पारेको छ ।
झण्डै दुई महिनाको तयारीपछि नेपालले जुन दोस्रो साता कुवेतमा जोर्डन, कुवेत र इन्डोनेसियासँग छनोट खेल खेल्नेछ ।
कुवेतमा हुने छनोटमा नेपालले पहिलो खेल जोर्डनसँग जुन ८ (जेठ २५ गते) मा खेल्नेछ । यस्तै दोस्रो खेल कुवेतसँग जुन ११ (जेठ २८ गते) मा र तेस्रो खेल इन्डोनेसियासँग जुन १४ (जेठ ३१ गते) मा खेल्नेछ । नेपालले पहिलोपल्ट एसियन कप छनोटको तेस्रो चरण खेल्न लागेको हो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?