बैशाख ०४ (निजगढ)
बाराको निजगढ नगरपालिका वडा नम्बर ११ मा बाघको आक्रमणबाट आइतवार स्थानीय एक महिला घाइते बनेकी छिन । घाइते हुनेमा स्थानीय वर्ष ३८ की माइलीमाया रुम्बा रहेकी छिन । घाँटी र छातिमा चोट लागेर घाइते बनेकी रुम्बाको स्थानीय क्लिनिकमा उपचारपछि थप उपचारको लागि चितवन पठाइएको ईलाका प्रहरी कार्यालय निजगढले जानकराी दिएको छ । स्थानीय तपोभूमि सामुदायिक वन उपभोक्ता समितिको जंगलमा बाख्रा चराउन गएकी रुम्बालाई दिउसो बजे बाघले आक्रमण गरेको स्थानीयले बताएका छन ।
बाघको आक्रमणबाट एक पुरुषको ज्यान गएको दुई साता बित्न नपाउदै बारामा फेरि अर्की महिलामाथि बाघले आक्रमण गरेको हो । यसअघि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगियावस्तिका एक पुरुषको बाघको आक्रमणबाट ज्यान गएको थियो ।