धारिलो हतियार प्रयोग गरी निजगढ १० लालका बालकको हत्या प्रयास

                     
  नेपाल लेख   २०७९ बैशाख ४, आईतवार १४:३५

बैशाख ०४ (निजगढ)
बाराको निजगढ नगरपालिका वडा नम्बर १० लाल गाउँमा धारिलो हतियारको प्रहारबाट एकजना बालक घाइते बनेका छन् । बकैया गाउँपालिका वडा नम्बर १ घर भएका कान्छामान बोम्जनको १२ वर्षीय छोरा रोशन बोम्जनलाई आइतवार बिहान करिब ४ बजेको समयमा धारिलो हतियारले टाउकोमा प्रहार गरी घाइते बनाइएको हो ।
रोशन केही समयदेखि लालस्थित आफन्त अंशु बोम्जनको घरमा बस्दै आएका थिए । गर्मीका कारण बोम्जन बाहेक घरका अन्य मानिसहरु घर बाहिर सुतिरहेको अवस्थामा मकवानपुर जिल्ला गढी गाउँपलिका वडा नम्बर १ घर बताउने अन्दाजी वर्ष ३८ का सुमन थिङले आइतवार बिहान ४ बजे कोठामा प्रवेश गरी बोम्जनलाई धारिलो हतियारले प्रहार गरेर घाइते तुल्याएको स्थानीयले बताएका छन् । खुर्पाले जथाभावी प्रहार गर्दा बोम्जनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घरेलु हतियार खुर्पाले घाँटी रेट्ने प्रयास गर्दा बालकले प्रतिकार गर्दै हारगुहार मागेपछि परिवारका सदस्य र स्थानीयले बोम्जन थिङलाई नियन्त्रणमा लिएका थिए ।
बालकको हाल निजगढ ८ स्थित निजगढ नेशनल हस्पिटलमा उपचार भईरहेको छ । रोशन केही लालमा आफ्m्नो आफन्त अंशु बोम्जनको घरमा बस्दै आएका थिए ।
थिङलाई नियन्त्रणमा लिएको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिब ओलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?