आकांक्षीको संख्या धेरै हुँदा निजगढमा राप्रपा उम्मेदवार टुङ्गो लगाउने हम्मे

                     
  नेपाल लेख   २०७९ बैशाख ४, आईतवार १५:१५

बैशाख ०४ (निजगढ)
आगामी ३० गते हुँने स्थानिय तह निर्वाचनका लागि उमेदवारको मनोनय दर्ता गर्ने दिन नजिकिएसँगै राजनितिक दलहरुलाई स्थानीय तहमा उमेदवार टुङ्गो लगाउँन हम्मे हम्मे परेको छ । आकंक्षीको संख्या धेरै हुँदा मुख्य राजनैतिक दलहरुलाई उम्मेदवार टुङ्ग्याउँन समस्या देखिएको हो ।
यसैबीच बाराको निजगढ नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समेत नगरको मेयर उम्मेदवार टुङ्ग्याउँन समस्या देखिएको छ । स्रोतका अनुसार निजगढ राप्रपाले नगरको मेयरमा बिनोद भारती, बासुदेव तिमल्सिना, भक्त दर्लामी, खडक प्रसाद उप्रेती र राजेन्द्र सापकोटाको नाम चर्चामा छ । राप्रपाले भने अहिले वडाबाट सिफारिस लिने कार्य गरेको भन्दै अहिले मेयरको आकंक्षी बारे छलफल नभएको निजगढ राप्रपा अध्यक्ष खडक प्रसाद उप्रेतीले बताउँनु भयो । राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएसँगै यस पार्टी प्रती नागरिकले चाँसोका साथ हेरेको हुँदा राप्रपामा देशै भरी आकंक्षीको संख्या धेरै भएको हँुन सक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?