बाराको मधेश प्रदेश स्तरीय डोरी तान प्रतियोगितामा भुतपुर्व सैनिक प्रथम

                     
  नेपाल लेख   २०७८ चैत्र २६, शनिबार १५:०९

चैत्र २७ (निजगढ)
बाराको निजगढ ८ स्थित श्री गौरीशंकर माध्यमिक बिद्यालयको प्राङगणमा शनिवार मधेश प्रदेश स्तरीय डोरी तान प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले डोरीमा रिबन बाँधेर गर्नुभएको थियो । बारा जिल्ला डोरी तान संघका अध्यक्ष टेक बहादुर लामाको अध्यक्षतामा भएको प्रतियोगिता कार्यक्रममा निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुदर्शन प्रसाद कोइराला, समाजसेवी मोजहर मन्सुर लगायतको उपस्थिती रही शुभकामना मन्तब्य राख्नु भएको थियो ।
प्रतियोगितामा मधेश प्रदेश भरिका १२ टिमहरुको सहभागीता रहेकोमा निजगढ नगरको भुतपुर्व सैनिकको समुहले सिराह जिल्लाको टिमलाई पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको थियो । भने सिराहा जिल्लाको टिक द्धितीय भएको थियो । प्रथम टिमका भुतपुर्व सैनिकलाई नगद २० हजार सहित प्रमाणपत्र र द्धितीय सिराहा टिमलाई १५ हजार नगद सहित प्रमाणपत्र कार्यक्रमका प्रमुख खनालले हस्तान्तरण गर्नुभएको आयोजक बाबुकाजी भण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगिता खेलको रुपमा महिलाहरुको २ टिमलाई पनि समावेश गरिएको थियो भने कार्यक्रम संचालन शिक्षक बोधनाथ चौलागाईले गर्नुभएको थियो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?