प्रेस चौतारी नेपाल बाराको दोस्रो जिल्ला वैठक सम्पन्न, यादव सचिवमा मनोनित

                     
  नेपाल लेख   २०७८ चैत्र २६, शनिबार १५:०५

चैत्र २७ (शनिवार)
प्रेस चौतारी नेपाल बाराको बैठक शनिवार जीतपुरसिमरा उमहानगरपालिका १८ स्थित बडहर्वामा सम्पन्न भएको छ । चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा जिल्ला कमिटीको दोस्रो बैठक सम्पन्न भएको हो ।
बैठकले रिक्त रहेको जिल्ला कमिटीको सचिव पदमा जिउतप्रसाद यादवलाई मनोनित गर्ने निर्णय गरेको छ । चौतारी बाराका सचिव अनिल तिवारी मधेस प्र्रदेशको उपाध्यक्ष पदमा निर्वाचित भएपछि उक्त पद रिक्त भएको थियो ।
रिक्त सचिव पदमा यादवलाई मनोनित गर्ने जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरेको हो । यादव चौतारी बाराको जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो

यसैगरी जिल्ला कार्यसमितिमा रिक्त अन्य सदस्य पदमा सचिवालयको बैठकले मनोनित गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि चैत्र २९ गते निजगढमा हुने मधेस प्रदेश भेलालाई भव्यरुपमा सफल पार्न व्यवस्थापनको सम्पूर्ण कार्य जिल्ला शाखाले गर्ने निर्णय गरेको छ । मधेस प्रदेश भेला जिल्लाभित्र गर्न लागिएको हुँदा वैठकले व्यवस्थापनको जिम्मेवारी लिने निर्णय गरेको हो ।
नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुखको प्रमुख पृथ्वी सुब्बा गुरुङ्गको आतिथ्यतामा हुने उक्त भेलामा एमाले केन्द्रीय सचिव रघुविर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह, केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, ज्वालाकुमारी साह, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, केन्द्रीय प्रचार विभाग सदस्य महेश दाससहित एमाले केन्द्रीय, मधेस प्रदेश र आठ वटै जिल्लाको नेतृत्व, प्रेस चौतारी नेपाल मधेस प्रदेश कमिटीसहित आठ वटै जिल्लाका अध्यक्ष र सचिव, आठ वटै जिल्लाको एमाले प्रचार विभागका प्रमुखलगायतको सहभागिता रहनेछ ।
वैठकले बाराको प्रतिनिधित्व गर्दै प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचित भई मधेस प्रदेश ईन्चार्जको जिम्मेवारी प्राप्त गरेका कमलकुमार उपाध्याय, केन्द्रीय सदस्यमा निर्वाचित भई प्रदेश सहईन्चार्जको जिम्मेवारी प्राप्त गरेका अच्युत पौडेल, प्रदेश अधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित अनिल तिवारी, सदस्यमा निर्वाचित सपना ढकाल, शम्भु महतो, भवानी सुवेदीलाई बधाई ज्ञापन गर्ने निर्णय पनि गरेको छ ।
वैठकले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको चुनावी अभियानमा सहयोग पु¥याउन संगठनको भूमिकालाई प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।
वैठकमा केन्द्रीय सचिव एवम् मधेस प्रदेश ईन्चार्ज कमलकुमार उपाध्याय, केन्द्रीय प्रतिनिधि पुष्पराज खतिवडा, प्रदेश सदस्य शम्भु महतो, भवानी सुवेदी, नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष लक्ष्मी पाण्डे, सचिव अनिल गौरव, कोषाध्यक्ष श्याम गुप्ता, प्रेस चौतारी बाराका उपाध्यक्ष राधेश्याम पटेल, महिला उपाध्यक्ष निलिसा बर्मा, सहसचिव ईन्दिप कोईराला सहित चौतारी बाराको जिल्ला कार्यसमितिका सदस्य, चौतारीबाट नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारी र सदस्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?