चैत्र २८ (निजगढ)
यहि आउँदो बैशाख ०१ गते बुधवार बैन्वयुट एण्ड सेमिनार हलमा निजगढ काब्य यात्रा २०७९ हुने भएको छ । निजगढ काब्य समाजले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख वाचकका रुपमा लोकप्रिय गजलकार प्रदिप रोदन आउने भएको हो ।
कार्यक्रममा स्थानीय क्षेत्रका थुप्रै सर्जक साहित्यकारहरुले समेत आफ्नो प्रस्तुती दिने आयोजक टिमका संयोजक रमेश रसिकले बताए । साहित्यले समाजको यथार्थ चित्रण जस्ताको तस्तै टपक्क टिपेर शब्द मार्फत ब्यक्त गर्ने एउटा अभिन्न पार्टी भएकोले समाज परिवर्तनमा समेत सकरात्मक भुमिका खेल्ने आयोजक टिमका संयोजक रमेश रसिकले बतानुभयो । कार्यक्रम निजगढ नगरपालिका वडा नं.४ को सहयोगमा हुन लागिएको हो ।