चैत्र २० (निजगढ)
निजगढ महिला बचत तथा ऋण सहकारी संस्थाले ६५ औ रााष्ट्रिय सहकारी दिवसको अवसरमा निजगढ नगरपालिका वडा नम्बर १३ का आगलागी पिडितलाई सहयोग गरी मनाएको छ ।
गत हाप्तमा जगलमा लागेको आगो सल्किएर पुत्तलीमाया गोड्डबाको घरमा आगो लागेको थियो ।
आगलागीमा परि घरका सबै जिन्सी सामान पुर्णरुपले क्षति भएको छ । गोड्डबा एकल महिला थिइन् क्यान्सरबाट पिडीत श्रीमानको मृत्यु भएको एक महिना नहुदै गोबालाई यस्तो विपत आइपरेको हो ।
गरिब र विपन्न परिवारका गोड्डबा विहान वेलुका चुलो बाल्न पनि समस्या रहेको थियो । त्यस माथि बज्रपात परि दैविक प्रकोपले दिएको वेदना र कहाली लाग्दो घटना उहाँ माथि पर्यो ।
निजगढ महिला बचत तथा ऋण सहकारी संस्थाले पिडीत परिवारलाई भान्साको सामग्री लगायत लत्ता कपडाहरु सहयोग गरि उनीहरुको घरमा नै गई हस्तातरण गरेका थिए ।
कार्यक्रममा संस्थाकी अध्यक्ष शोभा राउत, सदस्य किरण श्रेष्ठ लगायतका संस्थाका सदस्यहरुको उपस्थिति रहेका थिए ।