चैत्र २० (आईतबार)
निजगढ नगरपालिका वडा नंं. ९ स्थित सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रधान कार्यालय निजगढमा ६५ औं राष्ट्रिय सहकारी दिवस मनाएको छ ।
संस्थाका अध्यक्ष मणिश्वर घिमिरेको अध्यक्षतामा भएको राष्ट्रिय सहकारी दिवस कार्यक्रम संस्थाको कार्य कक्षमा पानसमा दिप प्रज्वलन गरि मनाईएको हो । कार्यक्रममा संस्थाका सचिव निर्मल भण्डारी, सदस्य भिमसेन सापकोटा, संस्था संचालक सदस्यहरु कर्मचारीहरु र शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । संस्थामा करिव ९ सय शेयर सदस्यहरु रहेका छन् । संस्थाको शाखा कार्यालय सिंगौल, रतनपुर, र टा“गिया वस्ती क्षेत्रमा रहेका छन् ।