निजगढका युवा नेता विनोद भारती राप्रपाको केन्द्रिय सदस्यमा मनोनित

                     
  नेपाल लेख   २०७९ श्रावण ५, बिहीबार १६:१४

प्रेसशिलशिला खबर

२०७९ साउन ०५ (निजगढ)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निजगढका विनोद भारती सहित थप ५३ जनालाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधान अनुसार सदस्यहरु मनोनित गर्नुभएको हो । मनोनित हुने केन्द्रिय सदस्यहरुमा निजगढका भारती सहित रामचन्द्र राय, तोरण गुरुङ, उद्धव पौडेल, चन्द्र बहादुर गुरुङ, दिपक सिँह, जयलाल पुन, प्रेम श्रेष्ठ, राजकुमार पोखरेल, भरतजंग उप्रेती, गुणराज राजभण्डारी, ईन्द्र बहादुर खत्री, लक्ष्मी संग्रौला, पर्शुराम तामाङ सहित ५३ जना रहेका छन् । यसअघि पनि लिङदेनले केन्द्रित सदस्य विस्तार गर्दै आउनुभएको छ । यसैसँगै पार्टीमा २४३ जना केन्द्रिय सदस्यको संख्या पुगेको छ । पार्टीको विधानमा २९९ जना सदस्य रहने उल्लेख गरिएको छ । पार्टीको बिहीवार बसेको केन्द्रिय समिति बैठक अघि नै लिङदेनले नयाँ केन्द्रिय सदस्यहरुलाई शपथ खुवाउनुभएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?