२०७९ असार १२ (सिमरा)
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा मनोजकुमार गुप्ता निर्वाचित हुनुभएको छ । गुप्ता ५९ मतको मतान्तरले निर्वाचित हुनुभएको हो । बरिष्ठ उपाध्यक्ष सहित नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनबाट गुप्ता निर्वाचित हुनुभएको हो । आज साँझ आएको अन्तिम मत परिणाम अनुसार गुप्ताले ३१९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी ओमप्रकाश गुप्ताले २६० मत प्राप्त गर्नुभएको छ । सोही पदका अर्का उम्मेदवार रामचन्द्र पौडेलले २३७, दिनेशप्रसाद कलवारले १२० र अनिल कुमार साहले ११ मत प्राप्त गर्नुभयो । यसैगरी वाणिज्यतर्फको उपाध्यक्षमा गजेन्द्र प्रसाद गुप्ता निर्वाचित हुनुभएको छ । गुप्ता ३०० मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उक्त पदका अन्य उम्मेदवार मोहन साह कलवारले २११, अर्जुन लम्सालले १६६, सन्तोषकुमार गुप्ताले १३४ र रामायणप्रसाद साहले १४ मत प्राप्त गर्नुभएको छ । यता उद्योगतर्फको उपाध्यक्षमा बिजयकुमार साह (सन्तोष) निर्वाचित हुनुभएको छ । साह ४७ मत प्राप्त गर्दै बिजयी हुँदा उहाँका निकटतम प्रतिद्धन्दी दिपक गुप्ताले ३२ मत प्राप्त गर्नुभएको थियो । संघको महासचिव पदमा प्रकाश गिरीले जित हात पार्नुभएको छ । गिरी ४८५ मत प्राप्त गर्दै फराकिलो मतान्तरले निर्वाचित हुनुभएको हो । उक्त पदका अन्य उम्मेदवार लक्ष्मण अधिकारीले २७३ र अनिल तिवारीले १८२ मत प्राप्त गर्नुभयो । कोषाध्यक्ष पदमा रामबाबु कलवार निर्वाचित हुनुभएको छ । कलवार पनि फराकिलो मतान्तरले निर्वाचित हुनुभएको हो । कलवारले ५८५ मत प्राप्त गर्दा अर्का प्रत्यासी अमरप्रसाद यादवले ३१५ मत प्राप्त गर्नुभएको छ । वाणिज्यतर्फको सचिवमा पदमा विष्णुप्रसाद अधिकारीले २२७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । सोही पदका उम्मेदवार कृष्णप्रसाद साहले १९८, गीता शर्माले १४३, श्यामबाबु साहले ११६, शान्ताकुमारी बजगाई (रिना) ले ७१ मत र रमेश खरेलले ५९ मत प्राप्त गर्नुभयो । उद्योगतर्फको सचिवमा भने मुकेश साह यसअघि नै निर्विरोध निर्वाचित हुभएको थियो ।
यसैगरी वाणिज्य तर्फको सात सदस्यमा सन्तोष कुशवाहा, तसौवर हुसेन, राजुप्रसाद साह, विन्देश्वरीप्रसाद साह, प्रदिप कुमार, रीता कँडेल र आशा दाहाल निर्वाचित भएका छन् । यस्तै उद्योगतर्फको तीन सदस्यमा राकेशप्रसाद गुप्ता ५७, राजेश कुमार प्रसाद साह ५६ र रीना रौनियार पुरीले ५५ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।