महङ्गी नियन्त्रण र रासायनिक मल माग गर्दै कलैयामा किसानहरुको जुलुश प्रदर्शन

                     
  नेपाल लेख   २०७९ असार १२, आईतवार १५:३४

२०७९ असार १२ (कलैया)

महङ्गी नियन्त्रण र रासायनिक मल सहज रुपमा उपलब्ध गराउन माग गर्दै कलैयामा आज किसानहरुले जुलुश प्रदर्शन गरेका छन् । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ बाराको अगुवाइमा किसानहरुले कलैयामा जुलुश निकालेर प्रदर्शन गरेका हुन् । कलैयास्थित एमालेको पार्टी कार्यालयबाट निस्किएको किसानहरुको जुलुश बजार परिक्रमा गर्दै कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालयमा पुगेर धर्ना तथा घेराउ कार्यक्रममा परिणत भएको थियो । प्रदर्शनमा सहभागी किसानहरुले रासायनिक मल सजह रुपमा उपलब्ध गराउनुपर्ने, दैनिक उपभोग्य वस्तुको महङ्गी नियन्त्रण, पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्नुपर्ने जस्ता लगाएका थिए । बजार परिक्रममा पछि कृषि सामाग्री कम्पनी लिमिटेड शाखाका कार्यालयमा पुगेर किसानहरुले गेटमा दुई घण्टा धर्ना दिदै घेराउ पनि गरेका थिए । त्यसक्रममा कार्यालयका निमित्त प्रमुख नोज बहादुर जिएमलाई भेटेर किसानहरुले रासायनिक मल समयै सहज रुपमा उपलब्ध गराउन दबाब सहितको ध्यानाकर्षण गराइएको र आफना मागको सुनुवाइ नभए अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि दिइएको अखिल नेपाल किसान महासंघका केन्द्रीय स्थायी कमिटी सदस्य उमेश गुप्ताले बताउनुभयो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?