दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै निजगढस्थित शहिद चोकमा रिले अनशन सुरु (फोटो फिचर)

                     
  नेपाल लेख   २०७९ जेष्ठ २४, मंगलवार १५:५४

प्रेस शिलशिला

जेष्ठ २४ (निजगढ)

सर्वोच्च अदालतले निजगढमा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमा निजगढस्थित शहिद चोकमा आज मंगलवारबाट रिले अनशन सुरु गरिएको छ । निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरुले विमानस्थल निर्माण नगर्ने अदालतको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै निजगढमा रिले अनसन सुरु गरेको हो ।

फैसलाको विरोधमा १४ औँ दिनअघिदेखि सडकमा चक्काजाम र धर्ना दिदै आएको सरोकार समिति र युवा विद्यार्थीहरुले मंगलवारको पूर्वनिर्धारित कार्यक्रम अनुसार राजमार्गमा धर्ना र चक्काजाम गरेपछि साँझ ५ बजेबाट रिले अनसन सुरु गरेका छन् ।

धर्नामा सरोकार समितिका संयोजक एक बहादुर श्रेष्ठ, निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लिलादेवी लामिछाने, पद्मबहादुर भण्डारी, भोला प्रसाद गौतम, कृष्ण खरेल, बासुदेव तिमल्सिना, खड्क प्रसाद उप्रेती, मोजहर मन्सुर, गोपाल लम्साल, चण्डिका उप्रेती, भिम प्रसाद सापकोटा, लक्ष्मी गौतम, जोसीमाया तामाङ्ग, आशा चौलागाई लगायत १४ जना धर्नामा रहेका छन् । धर्नाकारीहरुले अन्न र पानी समेत नखाई २४ घण्टासम्म पालैपाले अनसन बस्ने समितिका निजगढ सार्वजनिक सरोकार समितिका संयोजक एक बहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले विमानस्थल निर्माण गराउन सडक र संसदीय आन्दोलनलाई पनि संगै अघि बढाउने बताउनुभयो । उहाँका अनुसार केही दिनभित्र प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विभिन्न दलका शीर्ष नेताहरुँंग भेटघाट गरेर आफ्ना माग पेश गर्न काठमाण्डौंमा डेलिगेशन जाने तयारी गरेको पनि जानकारी दिनुुभयो ।

त्यस्तै धर्नाकारीहरुलाई निजगढ स्थित नेपाल टेलिकमले १ थान १२ वटा मोबाईल एकैचोटी चार्ज हुने कप्यार चार्जर कार्यालय प्रमुख जगतलाल चौधरी, प्रशासन प्रमुख हृदयनारायण साह र प्राविधिक अरुण कुमार पाण्डे लगातले समितिका संयोजक एक बहादुर श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।

त्यस्तै बोर्डलिड. ईन्टरनेट सेवाको विस्तार नियो बोर्डलिड. पसलले जडान गरि सहयोग गर्नुभएको छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?