बैशाख १२ (कलैया)
बारामा मनोनयन दार्ता गराउँने क्रममा नेपाली काँग्रेसको चुनावी र्यालीमा बालबालिकाको प्रयोग भएको देखिएको छ ।
निर्वाचन आचारसहिताको ठाडो उलंघन गर्दै काँग्रेसको मनोनयन दर्तामा बालबालिकाको प्रयोग देखिएको हो ।
निर्वाचन आयोगले बालाबालिकालाई चुनावी र्याली जुलुसमा सहभागि नगराउँन भनिरहँदा पनि यसरी काँग्रेसले बालबालिकाहरुलाई र्यालीमा लगेको हो ।
खाजा र आर्थिक प्रलोभनमा पारी यस जिल्लामा नेपाली काँग्रेसका नेता कार्याकार्तहरुले बालबालिकाहरुलाई र्याली तथा जुलुसमा प्रयोग गर्दै गरेको स्थानीयहरुले बताएका छन् ।