निजगढ नगरपालिका वडा नम्बर १ सिंगौलमा बिहीवारबाट युवा प्रतिभा पहिचान कार्यक्रम सुरु

                     
  नेपाल लेख   २०७८ चैत्र १८, शुक्रबार १४:३४

चैत्र १८ (निजगढ)
निजगढ नगरपालिका वडा नम्बर १ स्थित सिंगौलमा युवा प्रतिभा पहिचान कार्यक्रम हिजोबाट सुरु भएको छ । ७ दिनसम्म चल्ने सो कार्यक्रमको वडा नम्बर १ का वडा अध्यक्ष मङगले लोप्चनले उद्धाटन गर्नुभएको थियो । नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा सुरु भएको युवा प्रतिभा पहिचान कार्यक्रम निजगढ नगरपालिका कार्यालय र वडा नम्बर १ को आर्थिक सहयोगमा सुरु गरिएको हो । कार्यक्रम संयोजन निजगढ क्रियटिभ स्कील डेभलभमेन्ट गरिरहेको छ । कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १ सिंगौलका युवा, यवतिहरुको सहभागिता रहेको छ । उद्धाटन कार्यक्रममा क्रियटिभ स्कील डेभल्भमेन्टका सयोजक बिष्णुप्रसाद रिसालले कार्यक्रमको महत्वको बारेमा बोल्नु भएको थियो भने कार्यक्रमको सन्चालन भाइकाजी श्रेष्ठ गर्नुभएको छ । उद्धघाटन कार्यक्रमा वडा नम्बर १ का वडा सदस्य सोपिला गुरुङ, राधिका खडका, वडा सभापति बुद्ध लोप्चन, तामाङ चलचित्रकी चर्चित नायिका रोशनी ब्लोन लगायत स्थानीयको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?