चैत्र १७ ,निजगढ
प्रहरीले निजगढ नगरपालिकाबाट ४५ हजार ५ सय नक्कली नेपाली रुपैयासहित बुधवार एकजनालाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय निजगढबाट खटेको प्रहरी टोलीले कोल्हबी नगरपालिका वडा नम्बर १० अमावबाट वर्ष ६२ का हरी चौधरीलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट १ हजार दरको ३४ र ५ सय दरको २३ थान नक्कली नेपाली नोट बरामद गरिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिनुभयो ।
झोलामा नक्कली नोट राखेर हाटबजारमा सामान खरिद गरिरहेको अवस्थामा चौधरीलाई नक्कली नोटसहित पक्राउ गरिएको निरीक्षक चौधरीले बताउनुभयो । पक्राउ परेका चौधरीलाई बिहीवार जिल्ला अदालत बाराबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।