चैत्र १७ (निजगढ)
निजगढ वडा नंं.८ को टोल भेला कमिटी गठन भएको छ । वडा कमिटीका अध्यक्ष हरिमैया उपाध्याय पोखरेलको सभापतित्वमा २१ सदस्य समिति गठन गरि शहिद हिरालाल मार्ग टोल कमिटी नामाकरण गरि गठन गरिएको हो । समितिमा अध्यक्ष मुक्तिनाथ अधिकारी, उपाध्यक्ष सितादेवी रिसाल, सचिव मनिता तिमल्सिना, उपसचिव अच्चुत सुवेदी, सिमा घिमिरे र सदस्यहरुमा रण बहादुर कटुवाल, प्रमोद रिमाल, राजेन्द्र श्रेष्ठ, डिकमाया कार्की, शारदा खड्का, योगेश न्यौपाने, सुर्य प्रसाद अधिकारी, अजय कर्ण, विन्दा सन्जेल, सन्तोष श्रेष्ठ, वेग बहादुर लामिछाने, अशोक सापकोटा, चण्डिका वि.क., गौरव तिमल्सिना र किस्मत परियार लगायत रहेका छन् ।
भेलामा नगर कमिटीका उपाध्यक्ष भोला प्रसाद गौतमले आउदै गरेको स्थानीय चुनावमा जुनसुकै आफ्ना पार्टीका ब्यक्तिले टिकट पाए पनि हाम्रो नेकपा एमाले हो भनेर एकजुट एकमत भई नेकपा एमालेलाई भोट हाली चुनावमा विजय गराउनु पर्छ भन्ने धारणा पार्टीका कमिटीहरु सँग भेलामा बोल्नु भएको थियो ।
उक्त भेलामा प्रमुख अतिथि मधेश प्रदेशका सदस्य अम्बिका प्रसाद चौलागाई, विशिष्ट अतिथिहरुमा मधेश प्रदेशका सदस्य दुर्गा कोइराला, , एक बहादुर श्रेष्ठ, जिल्ला कमिटी सदस्य राज कुमार पोखरेल, मिरा पोखरेल, नगर सदस्य सुदिप तिमल्सिना लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन वडा सचिव बलराम तिमल्सिनाले गर्नुभएको थियो ।