आदर्श नारी विकास केन्द्रको राहत वितरण कार्यक्रम मा १०७ विपन्न परिवारले प्राप्त गरे राहत ।

                     
  नेपाल लेख   २०७८ जेष्ठ २८, शुक्रबार १४:२२

जेठ २८ शुक्रवार चितवन ।

आदर्श नारी विकास केन्द्रको ३० औ गौरवमय वर्ष प्रबेशमा यस पटक अन्य वर्ष हरुको वार्षिकोत्सव भन्दा फरक गर्ने भनि निर्णय भए बमोजिम चितवन का दुइ पालिका भरतपुर र कालिकाका अति विपन्न परिवारलाइ खाधन्न सामाग्री वितरण गरिएको छ । समापन समारोहमा अध्यक्षता गर्नुहुदै आदर्श नारी विकास केन्द्रकि अध्यक्ष एवम आदर्श गृह नेपालकि सस्थापक अध्यक्ष मीना खरेल , प्रमुख अतिथि कार्यपालिका सदस्य एवम् आदर्श नारी विकास केन्द्र कि निवर्तमान उपाध्यक्ष पवित्रा केसि , विशिष्ट अतिथि आदर्श टोल विकास सस्थाका अध्यक्ष एवम् समाजसेवि भुवन ढकाल , आदर्श नारी विकास केन्द्रकि उपाध्यक्ष उषा खरेल सुबेदि , सद्स्य लक्ष्मि गुरुङ , सह सचिव शिसा राइ मानन्धर , आदर्श गृह नेपालकि सहसचिव एवम् गृहकी आमा भिम कु जिसि ,आदर्श क्लिनिक तथा स्वास्थ्य सेवा का सुरेन्द्र धिताल , आदर्श नारी विकास केन्द्र कि कार्यक्रम अधिकृत सरिता पौडेल , आदर्श नारी विकास केन्द्रका सक्रीय सदस्य द्व्य शोभा न्यौपाने , शर्मिला सापकोटा , अनिता तिवारि लगाएत आदर्श टोल र नवज्योति टोल का पदाधिकारी सहित अति बिपन्न राहत लिन आएकाहरुकोउपस्थिति रहेको थियो ।

सस्थाले भरतपुर महानगरका वडा न २८,१५ र ४ कालिका नगरपालिका को ४,७ गरि १०७ अति विपन्न परिवार लाइ खाधन्न सहयोग हस्तान्तरण गरेको थियो । समापन कार्यक्रम को सचालन सस्थाकि सचिव देवि सुबेदि पृथिवी ले गर्नु भएको थियो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?