
प्रमुख अतिथि कालिका नगरपालिका वडा न ५ का वडा अध्यक्ष जे एन महत्तोले अति विपन्न समुदाय आदिवासि थारु लगाएत बोटे परिवारलाइ आदर्श नारि विकास केन्द्रले आफ्नो ३० औ स्थापना दिवसको अवसरमा राहत लिएर आएकोमा वस्तिका गरिवलाइ सरकारले लकडाउन भएको ३५/३६ दिन पुगि सक्दा एकपटक पनि नसोधेको तर एउटा सामाजिक सस्था जसले यस्तो पवित्र र पुण्यको काम गरेकोमा खुशि ब्यक्त गर्नुभयो । मीना खरेल जस्ले लैगिक हिसा , मानवबेचबिखन , घरेलु हिसा सहित वालवालिकाको क्षेत्रमा पुर्याएको योगदान अतुलनीय भएको र राज्यले यस्तो क्षेत्रमा काम गर्ने महिलाहरु सिमित रहेको र त्यस मध्ये उहाँ अब्बल रहनुभएको कुरा सुन्दै आएको थिए आज स्वयम् उहाँ ले आज आफ्नो वडामा आएर राहत वितरण मात्रै नगरि महिलाहरुको समस्या बारे देखाएको चासो र गुनासा सकभर हल गर्ने क्षमतावान प्रतिभाशाली साहसि नारि प्रति हार्दिक सम्मान ब्यक्त गर्नुभयो ।
कार्यक्रम मा अध्यक्ष को मन्तव्य राख्दै गर्दा बमभोलि प्राङगणमा राहत प्राप्त गर्न आएका एकल महिला , अपाङ महिला र बेसारा देखेर महिला अधिकारकर्मी मीना खरेल भावविहिल हुनुभयो । उहाले आज उपस्थिति भएका गरिव निमुखा विपन्न वर्गलाइ राहत वितरण गर्दा भरतपुर देखि ७ किलो मिटर भित्र बसोवास गर्ने परिवारमा परेको समस्यालाइ केहि दिन आराम खान सक्ने वन्दोवस्त गर्न पाउदा आफु र आफुले नेतृत्व गरेको सस्था आदर्श नारि विकास केन्द्र ले चलाएको अभियान ले सार्थकता पाएको आभाष भएको छ , कालिका नगरपालिकाका पदमपुर मा धेरै महिलाहरुको गुनासा सम्बोधन गर्नुका साथै आदर्श गृह नेपालमा पुनः स्थापना केन्द्रमा राखेर न्याय दिलाएको जानकारी गराउनु भयो । आज सम्म आइपुग्दा महिला तथा वालवालिका अनेक प्रकारका समस्याहरु सहित ११३१ केसहरु को पैरवी गरि छिनो फानो गरेको पनि जानकारी गराउनु भयो । आजको कार्यक्रमको सचालन आदर्श नारि विकास केन्द्र एवम् आदर्श गृह नेपालका सचार सह- सयोजक अनिल बानियाले गर्नुभएको थियो