बारा,प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले जिल्लाको कोल्हबी नगरपालिकामा उपद्रोह मच्याउने जंगली हात्ती नियन्त्रणको माग गर्नुभएको छ । सांसद मैनालीले आज बुधवार काठमाण्डौंमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कडेलसंग भेटर कोल्हबी क्षेत्रमा आतङ्क मच्याउदै आएको हात्ती नियन्त्रण गरेरस्थानीयको जिउधनको सुरक्षा गर्न माग गर्नुभएको हो । मैनालीले सुरक्षाकर्मी परिचालन गरेर यथाशीघ्र हात्ती नियन्त्रण लिनुपर्ने र सम्भावित मानवीय क्षेति रोक्नुपर्ने पनि आग्रह गर्नुभएको छ । सांसद मैनालीको आग्रहपछि महानिर्देशक कडेलले तत्काल मातहतका निकायमा फोन गरेर तत्काल हात्ती नियन्त्रण गर्न निर्देशन दिनुभएको थियो ।
जंगली हात्तीलेसो क्षेत्रमा विगत केही समयदेखि स्थानीय माथि आक्रमण गर्ने, घर गोठ भत्काउने र किसानले खेतमा लगाएको बाली र घरमा भण्डारण गरेर राखेको अन्नसमेत खाएर नष्ट गर्दैैआएको छ । दिनहुँजसो साँझ पर्ने बित्तिकै आउने जङ्गली हात्ती हात्तीले कोल्हबीको हनुमानगंज, झुरझुरे, भलुवाहीखोर, निकास, सपही, बोधवन, जुगवा, ककडी, पर्सौना लगायतका वन क्षेत्रनजिक र आसपासका एक दर्जनभन्दा बढी बस्तीमा त्रास सृजना गर्दै आएको हो । गत सोमवार राति पनि जङ्गली हात्तीले स्थानीय राजु भुजेलको घरआँगनमा राखेको भकारी भत्काइ धान नष्ट गरेको थियो । त्यसैगरी उनको भान्साघर पनि तीन दिनअघि हात्तीले भत्काएको थियो । त्यसैगरी, हनुमानगंजका बेनीबहादुर मैनाली, मानबहादुुर भुजेल, उद्धव उप्रेती, बहादुर वाईवा, हरिबहादुर मैनालीलगायत २० जनाभन्दा बढी स्थानीयका घर, भकारी, उखु, केरा, आलु, तोरी, मकै लगायतका बालीनाली नष्ट गरेको पीडितहरूले बताएका छन । गाउँमा एक महीनादेखि जङ्गली हात्तीको आतङ्क बढेकाले कच्ची र सानो, फुसको, काठेघर हुनेहरू रात परेपछि असुरक्षाका कारण घर छाडेर रातभर सुरक्षित स्थानतर्पm लाग्ने गरेको वडा नम्बर ४ का वडा अध्यक्ष गोपालप्रसाद अधिकारीले बताउनुभयो । गत असोज २८ गते कोल्हवी नगरपालिका– २ का ६३ वर्षीय हस्तबहादुुर थोकरको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको थियो । केही वर्ष अघिको तथ्याङ्क अनुसार अहिलेसम्म हात्तीले कोल्हबीमा मात्रै छजना सर्वसाधारणको ज्यान लिएकोे छ । २०६९ मङ्सिर ११ गते कोल्हबी नगरपालिका–२ भलुवाही खोरमा बस्ने ४५ वर्षीया देवकी आचार्य, ४० वर्षीया शारदा शर्मा, कोल्हवी नगरपालिका–३ जुगवा बस्ने ७० वर्षीय सुरज चौधरी, २७ वर्षीय सुदर्शन चौधरी र वडा नं ५ बस्ने ४२ वर्षीया असमीदेवी थरुनीको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो ।
मानव र वन्यजन्तुबीचको द्वन्द्व बेलैमा न्यूनीकरण गर्नेतर्पm सम्बन्धित निकायले उपाय निकाल्न ढिलाइ गर्न नहुने कोल्हबीका नगरप्रमुख रामप्रसाद चौधरीको भनाई रहेको छ । डिभिजन वन कार्यालय, बाराका प्रमुख राजिवकुमार झाले जङ्गली हात्तीले विगतका वर्षदेखि नै पटकपटक वन क्षेत्र नजिक र आसपासका बस्तीमा प्रवेश गरी जनधनको क्षति गर्ने गरेको पाइएको बताउनुभयो ।
















