२०७९ भाद्र १९ (सिमरा)
बाराको भलुहीमा गएराती करिब साँढे ११ बजेको समयमा प्रहरी र डाँका समूह बिच दोहोरो भिडन्त भएको छ । दोहोर भिडन्तका क्रममा वरिष्ठ प्रहरी नायब निरिक्षक (सई) कलम बहादुर शाही घाईते हुँनुभएको छ । डाँका पक्रने क्रममा डाँकाले प्रहार गरेको रडबाट शाही घाईते हुँनुभएको हो । घाईते वरिष्ट प्रहरी नायब निरिक्षक शाहीको पर्सा जिल्ला स्थित बिरगंज हेल्थ केयरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । यता दोहरो भिडन्त कै क्रममा घाईते एक जना डाँकाको भने जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित अलपाईन अस्पताल सिमरामा उपचार भैरहेको जनाइएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीमा रहेको एरोटेक प्रा.ली. सिलिन्टर कम्पनीमा डाँकाहरुको समुहले लुटपाट गरिरहेको सूचना पाए लगत्तै घटना स्थलमा प्रहरी पुगेको थियो । करिब २० जनाको समुहमा आएका डाँकाहरुले उद्योग भित्र लुटपाट मचाईरहेको बेला प्रहरी र डाँका बिच दोहोर भिडन्त भएको हो । दोहोर भिडन्तमा डाँकाले एक राउन्ड र प्रहरीले तीन राउन्ड गोली चलाएको बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताउनुभयो । डाँकाले चार राउन्ट फायर गरे पनि ३ राउन्ट नपडकेको र एक राउन्ट पड्केको थियो । प्रहरीले दोहोरो भिडन्तको क्रममा कटुवा पेस्तोल १ थान, एकनाले बन्दुक १ थान र गोली ३ थान सहिँत २ जना डाँका पक्राउ गर्न सफल भएको हो । प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा बस्ने जयराम पासवान र वडा नं.१० बलुवाबेहरा बस्ने जवाहिर महतोलाई पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक बोगटीले बताउनुभयो । बिगत ३ दिन देखि डाँकाहरुको समुह यस उद्योगमा आएर लुटपाट मचाइरहेको उद्योगका एक कर्मचारीले बताएका छन् । प्रहरी उपरिक्षक बोगटीले सो घटना बारे बिस्तृत जानकारी दिनका लागि अबको केहि बेरमा पत्रकार सम्मेलनको आयोजना गरिने जानकारी दिनुभयो ।