प्रेसशिलशिला खबर
२०७९ भाद्र १० (निजगढ)
हिमचुली साना किसान कृषि सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । निजगढ ८ स्थित निजगढ बैङ्गकुटमा भएको सो साधारण सभामा सहकारी संस्थाकी अध्यक्ष दुर्गा कुमारी घिमिरे कोइरालाले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन, लेखा समितिको तर्फबाट संयोजक रामचन्द्र मण्डलले पेश गरेको लेखा प्रतिवेदन माथि छलफल गरी पारित गएको थियो । अध्यक्ष घिमिरेको सभाध्यक्षतामा भएको सो साधारण सभामा प्रमुख अतिथि निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, बिशिष्ट अतिथिहरु उपप्रमुख सोममाया थिङ्ग, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, केन्द्रिय दुग्द्य उत्पादक सहकारी संघका अध्यक्ष दिल बहादुर लामा, संस्थाका पुर्व अध्यक्ष एक बहादुर श्रेष्ठ, अतिथिहरु लोकप्रिय साकोसका अध्यक्ष अम्बिका चौलागाई, सगरमाथा साकोसका अध्यक्ष भोला प्रसाद गौतम, सत्तरेखी साकोसकी अध्यक्ष सावित्री भारती लगायतले साधारण सभा सफलताको लागि शुभकामना मन्तव्य दिनुभएको थियो ।
संस्थाले बर्षको उत्कृष्ठ ऋणी सदस्य मध्ये सरिता अधिकारी र उत्कृष्ठ बचत समुह नं. १८ लाई कदरपत्र सहित सम्मान गर्नुको साथै संस्थाका पूर्व समितिका पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरिएको संस्थाका अध्यक्ष सुर्य प्रसाद तिमल्सिनाले बताउनुभयो ।
आ.व.२०७८/०७९ को लेखापरीक्षण अनुसार कुल सदस्य संख्या ९६५ मा संस्थाको कुल कारोवार ५ करोड ५१ लाख मध्ये यस बर्ष करिब २२ लाख बराबर नाफा कमाउन सफल रहेको ब्यवस्थापक तिमल्सिनाले बताउनुभयो ।
कार्यक्रमको सहजीकरण संचालक समितिका सदस्य अर्जुन अधिकारी र स्वागत सम्झना थापाले गर्नुभएको थियो ।