आगामी प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने निजगढका डा. राकेश न्यौपानेको तयारी

                     
  नेपाल लेख   २०७९ भाद्र ८, बुधबार १५:५७

प्रेसशिलशिला खबर

२०७९ भाद्र ०८ (निजगढ)

आसान्न प्रतिनिधि सभाको निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट निजगढका डा. राकेश न्यौपानेले उम्मेदवारी दिने भएका छन् । डा. न्यौपानेले अगामी प्रतिनिधि सभाको निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । मुलुकलाई आर्थिक र अध्यात्मिक समृद्धिको बाटो पहिल्याउन सहजकारी भूमिका निर्वाह गर्न प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने तयारी शुरु गरिएको डा. न्यौपानेले बताउनुभएको छ । नेपालमा शासकीय व्यवस्था विरुद्धको राजनीति समाप्त भइसकेको छ । अब नेपालीको चाहना भनेको आर्थिक समृद्धि र दीगो उन्नति हो । पूराना राजनीतिज्ञहरुले आफ्नो जीवनको उर्वर समय शासकीय व्यवस्था परिवर्तन गर्न खर्चिनु भएको छ । डा. न्यौपानेले भन्नुभयो, ‘उहाँहरुको लडाइ शासकीय व्यवस्थासँग थियो । त्यसमा उहाँहरु सफल हुनु भएको छ । अब मुलुकलाई आर्थिक समृद्धि र दीगो विकासको खाँचो छ ।’ मुलुकलाई समृद्ध बनाउन राजनीतिमा युवाहरु पनि सक्रिय सहभागिता आवश्यक पर्ने भएकाले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने योजना बनाएको डा. न्यौपानेले बताउनुभएको छ । नेश्नल मेडिकल कलेज वीरगन्जबाट एमबीबीएस उर्तिण गर्नुभएका डा. न्यौपाने विभिन्न स्वास्थ्य निकायमा आवद्ध रहनुका साथै राजनीतिक रुपमा पनि सक्रिय रहँदै आउनुभएको छ । साथै उहाँ हाल त्रिभुवन विश्वविद्यालयमा राजनीतिक शास्त्रमा स्नातोकत्तर तहमा अध्ययन गर्दैहुुनुहुन्छ । उहाँले कोरिया नेपाल हस्पिटल, अल्का हस्पिटल लगायतमा काम गरिसक्नुभएको छ । साथै उहाँले २०७४ सालदेखि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य सल्लाहकारको रुपमा पनि काम गर्दै आइरहनुभएको छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?