प्रेसशिलशिला खबर,२०७९ साउन ३१ (निजगढ)
रिटर्नी माईग्रेट नेपालद्धारा संचालित सिपमुलक तालिमको अनुगमन सोमबार केन्द्रिय सचिव एवम् मधेश प्रदेश इन्चार्ज रामकृष्ण घिमिरे यतिबेला अनुगमन गर्न ब्यस्त देखिन्छन् । बाराको जितपुरसिमरामा संचालन भईरहेको तालिमको अनुगमन गर्नुभएको थियो ।
रिटर्नी माईग्रेट नेपालले युएनडिपी, युरोपियन युनियन र ब्रिटिस काउन्सिलको आर्थिक सहयोगमा निजगढसहित बाराका ३ पालिकाका र देशभरिका विभिन्न १५६ पालिकामा वैदेशिक रोजगारबाट फर्किएकालाई स्वरोजगार बनाउने उद्देश्यका साथ रोजगारमूलक तालिम सन्चालन गर्दै आएको घिमिरेले बताउनुभयो
रामकृष्ण घिमिरे को हुन् ?
घिमिरे बैदेशिक रोजगारमा हुँदा या स्वदेशमा बस्दा होस् २०४२ सालदेखि स्कुल पढ्दादेखि नै केही गर्नुपर्छ भन्ने सोच बोकी उहाँ आफ्ना साथीहरुभाईहरुलाई हौसला दिने ब्यक्तिको रुपमा चिनिन्छन् । बैदेशिक रोजगारीमा हुँदा पनि विभिन्न संगठन र संस्थाहरुमा आवद्ध रही काम गदै आउनुभएको थियो
बैदेशिक रोजगारीमा करिब २० बर्षे जीवन बिताउनुभएका घिमिरे यतिबेला नेपाल आएर पनि तेतीकै जोसजाँगर र युवाहरुको मनमा बस्न सफल हुनुहुन्छ ।
घिमिरे नेकपा एमाले निकट संगठन रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेश इन्चार्जमा आवद्ध रहनुभएको छ ।
यति बेला तपाई के मा ब्यस्त हुनुहुन्छ भनेर प्रश्न सोध्दा उहाँ यस्तो बताउनुहुन्छ ?
करिब २० बर्षे कार्यकाल बैदेशिक रोजगारमा बिताए छु । अब हाम्रा युवाहरुलाई आफ्नै देशमा नै केही स्वरोजगार मुलक कार्यक्रमको आयोजना गरि बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई बाराका ३ पालिकाका र देशभरिका विभिन्न १५६ पालिकामा रोजगारमूलक तालिम सन्चालन हुँदै आएकोले उहाँ त्यतै ब्यस्त रहदै आउनुभएको बताउनुहुन्छ ।