भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाण पत्र दिएको भन्दै विरोध प्रदर्शन, दोषीमाथि कार्वाहीको माग गर्दै रतनपुरीबासी

                     
  नेपाल लेख   २०७९ श्रावण १५, आईतवार १५:२४

प्रेसशिलशिला खबर

२०७९ साउन (निजगढ)

भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन सहयोग गर्ने निजगढ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोलेसहित दोषिमाथि कारबाही माग गर्दै निजगढका स्थानीयले इलाका प्रशासन कार्यालय सिमरामा आइतवार धर्ना र प्रदर्शन गरेका छन् । वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालयले सिमराले भारतीय नागरिक रजनी राईलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेपछि स्थानीय युवाहरुको एउटा समुहले दोषिमाथि कारबाहीको माग गर्दै ईलाका प्रशासन कार्यालय सिमरामा नाराबाजीसहित १ घण्टा धर्ना र प्रर्दशन गरेका हुन । सचेत युवा समुह रतनपुरीको नाममा हातमा प्लेकार्ड बोकेर कार्यालयमा पुगेका ५०÷६० जना युवाहरुको समुहले रजनीलाई नेपाली नागरिकता प्रमाणपत्र दिलाउन सिफारिस गर्ने वडा अध्यक्ष गोले, वडा कार्यालय सचिव शुभचन्द्र महतो र नक्कली आमा÷बुबा बन्ने जिरामाया र श्यामराज गोलेमाथि छानबिन गरी कारबाही माग गर्दै धर्ना र प्रदर्शन गरेका हुन । युवाहरुले नागरिकताको सिफारिस पत्र बनाउने क्रममा प्रहरीले गरेको सर्जमिनमा साक्षी बसेर सहीछाप गर्ने स्थानीय आइते सिंह मोक्तान, सरिता सुब्बा, अकलबहादुर थिङ, गणेशबहादुर पाख्रिन र बासुलाल मोक्तान माथि पनि कारबाहीको माग गरेका छन् । नागरिकता बनाउने क्रममा प्रहरीले गरेको सर्जमिनमा उनीहरु साक्षी बसेका थिए । आर्थिक प्रलोभनमा परेर भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिनेमाथि छानबिन गरी कारबाही गरिनुपर्ने माग राखेर गत असार ८ गते दिएको उजुरीमा कुनै कारबाही नभएपछि बाध्य भएर कार्यालयमा धर्ना र प्रदर्शन गर्नु परेको स्थानीय रमण घिमिरेले बताउनुभयो । कार्यालयका निमित्त प्रमुख शिव अचार्यले कार्यालय प्रम्ुख मोहनप्रसाद अर्याल अहिले बिदामा बसेको र आएपछि छानबिन सुरु गरिने आश्वासन दिएपछि आइतवारको लागि आयोजना गरिएको विरोध कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । वडा कार्यालयको सिफारिसमा ईलाका प्रशासन कार्यालयले भारत दार्जलिङक घर भएकी २१ वर्षिया रजनी राईलाई रजनी गोलेको नाममा गत असार १ गते ३३–०२–७९–००५१३ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र दिएको थियो । विदेशी युवतिले नेपाली नागरिकताको प्रमाणपत्र पाएको हल्ला गाउँमा चलेपछि वडा अध्यक्ष गोलेले रजनीको नागरिकता खारेजीको लागि साउन ४ गते इलाका प्रशासन कार्यायलमा निवेदन दिनुभएको थियो । वडा अध्यक्ष गोलेको निवेदनपछि प्रशासन कार्यालयले भारतीय युवति राईसहित नक्कली आमा÷बुबा बनेर नागरिकताको लागि सनाखत गर्ने जिरामाया र श्यामराज गोलेलाई कार्यालयमा सम्पर्क गर्न इलाका प्रहरी कार्यालय निजगढमार्फत पत्राचार गरेको थियो । प्रशासनको पत्र पाएपछि खोजी सुरु गरिएको तर उनीहरु अहिले पनि फरार रहदै आएको प्रहरी निरीक्षक सन्जिब ओलीले बताउनुभयो । रजनीको आमा बनेर सनाखत गर्ने जिरामायाको मोवाइल लोकेशन ट्याक गर्दा सुरुमा हेटौडामा देखाएको भए पनि अहिले मोवाइल नै स्वीच अफ गरेर बसेको प्रहरी निरीक्षक ओलीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?