महिला उद्यमी संघ बाराको प्रथम साधारण सभाबाट पुनम कार्की अध्यक्षमा चयन

                     
  नेपाल लेख   २०७९ असार २४, शुक्रबार १५:४७

२०७९ असार २४ (निजगढ)

महिला उद्यमी संघ बाराको शुक्रवार निजगढमा भएको प्रथम साधारण सभाले पुनम कार्कीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । संघको उपाध्यक्षमा रिना बजगाई, सचिव दिपा सापकोटा, कोषाध्यक्ष रिता कडेल चुनिनु भएको छ । त्यसैगरी संघको सदस्यहरुमा रेखा सापकोटा, दिपा खरेल, कृष्ण कुमारी थापा मगर, अन्जना त्रिपाठी, मिना सापकोटा र सिता उप्रेती गौतम रहनु भएको छ । संघको मधेस प्रदेश प्रमुख सविना पौडेलको प्रमुख आतिथ्यतामा भएको सो साधारण सभा निजगढ उद्योग बाणिज्य संघको सभा हलमा सम्पन्न भएको थियो । सभामा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, निजगढ वडा नम्बर ८ का वडा अध्यक्ष सुवर्ण लामा लगायतले अधिवेशन सफलताको लागि शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?