प्रभु साहद्धारा निजगढ विमानस्थल निर्माणको माग राख्दै अनकारीसँग भेट, आफ्नो तर्फबाट पूर्ण समर्थन रहेको साहको भनाई

                     
  नेपाल लेख   २०७९ असार १४, मंगलवार १६:१५

२०७९ असार १४ (निजगढ)

नेकपा एमाले स्थायी कमिटी सदस्य एंव पूर्वमन्त्री प्रभु साहले विमानस्थल निर्माणको लागि निजगढमा सुरु भएको जनदवावमूलक आन्दोलनमा आफ्नो समर्थन रहेको बताउनु भएको छ । रौतहटबाट काठमाण्डौं जाने क्रममा सोमबार निजगढको शहिद चोक स्थित अनशन स्थलमा पुगेर नेता साहले अदालतको फैसला पुनरावलोकन हुनु पर्ने पनि बताउनुभयो ।

नेता साहले अनशनमा सहभागी र निजगढ सार्वजनिक सरोकार समितिका पदाधिकारी र सदस्यहरुसँग समितिले संचालन गर्दै आएको आन्दोलनको बारेमा जानकारी पनि लिनुभएको थियो ।

यसैबीच अन्तराष्ट्रिय विमानस्थल निर्माणको माग राखेर निजगढ स्थित शहिद चोकमा सुरु भएको रिले अनशन सोमबार २१ औंं दिनमा पनि जारी छ । सोमवार साँझको अनशनमा रत्नबहादुर थापा, सुजित लामा, सूर्य बहादुर लामा, सन्जय लामा लगायत सहभागी बन्नु भएको छ । यस अघि आईतबारको दिवाकालिन अनशनमा कोल्हबी नगरपालिकाका लिला पाण्डे, जरी लामा, हिरा बहादुर लामा, सोमिती चौधरी, कृष्ण घिमिरे, धन बहादुर श्रेष्ठ, हिमाली लामा, सानु बिक अनशन बस्नु भएको थियो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?