मधेश प्रदेश सरकारव्दारा चालु आर्थिक वर्षको ११ महिनामा ३५ प्रतिशतमात्र बजेट खर्च

                     
  नेपाल लेख   २०७९ असार ८, बुधबार १५:२९

२०७९ असार ०८ (जनकपुरधाम)

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिना बितिसक्दा समेत विनियोजित बजेटको ३५ प्रतिशत पनि खर्च कटाउन सकेका छैन ।

मधेश प्रदेशले चालु आर्थिक वर्षको लागि कुल ३४ अर्ब २२ करोड ७० लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । तर, चालु आर्थिक वर्षको ११ महिनासम्ममा कुल बजेटको ३३.९९ प्रतिशत मात्र बजेट खर्च हुन सकेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

समीक्षा अवधिमा प्रदेशले चालुतर्फ ६ अर्ब ८४ करोड ३७ लाख रुपैयाँ र पुँजीगततर्फ ४ अर्ब ७८ करोड ९६ लाख गरी कुल ११ अर्ब ६३ करोड ३४ लाख रुपैयाँ खर्च भएको छ । तर चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेटको एकतिहाइ पनि राम्रोसँग खर्च गर्न नसकेको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि भने थप १३ अर्ब ८ करोड ९५ लाख रुपैयाँले बजेट बढाउँदै कुल ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँ विनियोजन गरेको छ । जुन चालु आर्थिक वर्षको भन्दा २७.९२ प्रतिशतले बढी हो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?