जेष्ठ २ असार (काठमाडौं )
टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौंबाट चुनाव लड्ने भएका छन् । आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएका छन् ।
उहाँले अनलाइनखबरसँग कुरा गदै काठमाडौंको कुनै एउटा क्षेत्रबाट चुनाव लड्छु । कुनै क्षेत्रबाट लड्ने ? दल बनाएर लड्ने कि स्वतन्त्र उम्मेदवारका रुपमा भन्ने पनि त्यही दिन भन्छु भनि आफ्नो धारणा राख्नुभएको थियो ।
उनले सञ्चारकर्म छाडेर पूर्णकालीन राजनीतिमा आउन लागेको समेत बताएका छन् ।
लामिछानेले सञ्चार क्षेत्रको आफ्नो यात्रालाई विश्राम दिएको बताए । एउटा सञ्चारकर्मीका रुपमा मैले सकेको गरेँ, के गरेँ, कति गरेँ, तपाई दर्शकहरुसँग त्यसको हिसाब छ’ उनले भने, ‘‘अब म आफ्नो आवाजलाई टेलिभिजनको पर्दाबाट संसदसम्म पु¥याउन चाहन्छु ।
आफू रहरले सञ्चारकर्मी भएको तर परिस्थितिले राजनीतिज्ञ बनाउन लागेको उनको भनाइ छ ।
‘म आजबाट पूर्णकालीन राजनीतिमा आएको छु । अबको मेरो यात्रा राजनीतिको यात्रा भयो । आफूले सञ्चालन गरिरहेको कार्यक्रम नयाँ पुस्तालाई हस्तान्तरण गर्ने र आफू राजनीतिको नयाँ पुस्ता बन्न चाहन्छु लामिछानेले बताए ।