हाइटेन्सन लाइनको करेन्ट लागेर धादिङमा एक महिलाको ज्यान गयो

                     
  नेपाल लेख   २०७९ जेष्ठ २९, आईतवार १५:३२

जेठ २९ (धादिङ )

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–१ मा विद्युत् प्रसारण लाइनबाट करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

बारीमा मकै गोडेर घर फर्कँदै गरेको अवस्थामा बाटोमा हाइटेन्सन लाइनको करेन्ट लागेर ४३ वर्षीया निर्मला घर्ती क्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक राम थापाले जानकारी दिनुभयो ।

११ हजार भोल्टेजको तारले रुखमा छोएका कारण करेन्ट लागेको स्थानीयवासीको दाबी छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?