निजगढ नगरपालिका क्षेत्रभित्र भोली शनिवार बिहान ९ बजेबाट साँझ ५ बजेसम्म बिधुत अवरुद्ध हुने

                     
  नेपाल लेख   २०७९ जेष्ठ २७, शुक्रबार १५:३३

प्रेस शिलशिला

जेष्ठ २७ (निजगढ)

सबस्टेशनमा मर्मत कार्य गर्नुपर्ने भएकोले निजगढ नगरपालिका क्षेत्रभित्र भोली शनिवार बिहानबाट ८ घण्टासम्म विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण निजगढ वितरण उपशाखाले हिजो शुक्रवार एक सूचना निकाली सबस्टेशनमा मर्मत गर्नुपर्ने भएकोले भोली शनिवार बिहान ९ बजेबाट साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने भनी प्रेस शिलशिला खबरलाई बताउनुभयो । कार्यालय प्रमुख नरेन्द्र मण्डलले निजगढ स्थित ३३÷११ के.भी.सबस्टेशनमा रहेको ३३ के.भी.को पावर ट्रान्सफर्मरको तेल शुद्धिकरण गर्नुपर्ने भएकोले विधुत बन्द गरिएको बताउनुभयो । प्राधिकरणले अमलेखगंज सबस्टेशनबाट बजार फिडर १ र ग्रामिण फिडर नम्बर ३ बाट विद्युत आपूर्तीको ब्यवस्था गर्ने तर उक्त लाइनमा पनि कुनै समस्या उत्पन्न भएमा नगर भित्रका सबै फिडरबाट विद्युत आपुर्ति बन्द रहने बताए ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?