प्रेस शिलशिला
जेष्ठ २५ (सर्लाही)
सर्लाहीको हरिवन स्थित ईलाका प्रहरी कार्यालयले चोरी भएका दुईवटा मोटरसाइकल फेला पारेर मोटरसाइकल धनीलाई फिर्ता गरेको छ ।
काठमाण्डौंबाट चोरी गरी सर्लाहीमा ल्याएर चलाइएको मोटरसाइकल प्रहरीले बरामद गरेर धनीलाई नै फिर्ता गरेको हो । इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले प्रदेश–०२–०३४ प १६८७ नम्वरको २२० सीसीको पल्सर मोटरसाइकल र प्रदेश –०२– ०१७ प ९५६२ नम्बरको २०० सीसीको एनएस मोटरसाइकल फेला पारेर सम्वन्धित धनीलाई बुझाइएको जनाएको छ ।
पल्सर मोटरसाइकल भक्तपुरको सूर्यविनायक नगरपालिका ९ बस्ने राजेश बनमाला र एनएस मोटरसाइकल सर्लाहीको बरहथवा नगरपालिका ३ बस्ने राजेश विकको रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । मंगलबार उनीहरुलाई कार्यालयमै बोलाएर हरिवन प्रहरीले मोटरसाइकल जिम्मा लगाएको हो ।
दुवै मोटरसाइकल चोरी वास्तविक नम्बर प्लेट हटाएर नक्कली नम्बर प्लेट हाली चलाइएको पाइएको छ । सवारी चेकजाँचका क्रममा ति मोटरसाइकल बरामद गरिएको निरीक्षक ताम्राकारले बताए ।