कोल्हवीमा पनि सुरु निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्चको आदेशविरुद्ध राके जुलुस आजबाट प्रदर्शन । (फोटो फिचर)

                     
  नेपाल लेख   २०७९ जेष्ठ २०, शुक्रबार १५:२९

प्रेसशिलशिला खबर, जेष्ठ २० (कोल्हवी)

निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा बाराको कोल्हवीमा आज शुक्रवार साँझ ७ बजेबाट कोल्हवी सरोकार /संघर्ष समितिले राके जुलुसको आयोजना गरेको हो ।

जुलुशमा कोल्हवी सरोकार /संघर्ष समितिको आयोजनमा रहेको कार्यक्रममा सयौं जनसमुदायको उपस्थितिमा कोल्हवी मनकामना चोक देखि बजार परिक्रमा गरेर बजारको मुख्य चोकमा जुलुसको कोण सभा गरिएको थियो।

कोण सभामा बोल्दै युवा नेता राजेन्द्र मैनालीले बिमानस्थल निर्माणमा सबै दलले चासो देखाउन पर्ने बताउनु भएको छ । साथै कोण सभाकै क्रममा आफ्नो धारणा राख्दै संघर्ष समितिको जनसरोकार समितिका संयोजक रसिक सुवेदीले विमानस्थल निर्माणको लागि बारालीले जुनसुकै कदम चाल्न बाध्य हुने जिकिर गर्नु भएको छ 

त्यस्तै संघर्ष समितिका संयोजक ढुण्डिराज उप्रेतीले यस्तो गर्मी समयमा गर्मी सहेर बस्नु भएका सम्पूर्ण सहभागीलाई हार्दिक आभार प्रकृट गर्दै विमानस्थल निर्माणमा एकेबद्धता जनाउने धारणा राख्नुभयो ।

आयोजक सरोकार समितिले पुन केही दिनमै अर्को बिरोध कार्यक्रमको आयोजना गर्ने युवा नेता रसिक सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?