पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो (नयाँ मूल्य सूचीसहित)

                     
  नेपाल लेख   २०७९ जेष्ठ १९, बिहीबार १५:४१

प्रेस शिलशिला

जेष्ठ १९ (काठमाण्डौँ)

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले बिहीबार (आज) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो ।

अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायोजन गर्न भने अनुसार निगम सञ्चालक समितिको बैठकले मूल्य घटाएको हो । यो सँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ ।

यस अगाडि पेट्रोलको मूल्य १८० रुपैयाँ तोकिएको थियो । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।

निगमले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘निगम सञ्चालक समितिको निर्णय अनुसार आज मिति २०७९/०२/१९ को राति १२ : ०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविक खुद्रा विक्री मूल्यमा प्रतिलिटर रु.१०/–ले घटाई पेट्रोल, डिजेल र मट्टितेलको नयाँ खुद्रा विक्री मूल्य (देशैभर निगमको डिपो परिसरबाट १५ कि.मि.सम्म) क्रमश :  प्रतिलिटर रु.१७०/–, रु.१५३/– र रु.१५३/–प्रतिलिटर कायम गरिएको छ ।

यसरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएपनि हवाई इन्धन (आन्तरिक र बाह्यतर्फ) र एलपी ग्याँसको खुद्रा विक्री मूल्य भने यथावत कामय राखिएको छ ।

 

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?