निजगढमा मूल्यवृद्धिको विरोधमा अनेरास्ववियु र युवा सङ्घको प्रदर्शन

                     
  नेपाल लेख   २०७९ जेष्ठ १०, मंगलवार १६:२२

जेष्ठ १० (निजगढ)

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु बारा र निजगढ नगर कमिटीको राष्ट्रिय युवा सङ्घले निजगढमा प्रदर्शन गरेका छन् ।

निजगढको शहिद चौकमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरूले राष्ट्रिय युवा संघ जिन्दावाद, नालायक सरकार मुर्दावाद, मुल्य बृद्धि खारेज गर, हाम्रो आन्दोलन जारि छ, सरकारी असंवैधानिक अभिब्यक्ति दिन पाइदैन जस्ता नारा लगाउदै नेकपा एमालेको पार्टी कार्यालयबाट सुरु गरिएको नारा पेट्रोलसम्म पुगि कोणसभा शहिद चोकमा आएर सम्पन्न भएको राष्ट्रिय युवा संघको पूर्व केन्द्रिय सदस्य विजय तिमल्सिनाले बताए ।

अनेरास्ववियु र राष्ट्रिय युवा सङ्घले निजगढसहित देशका अरू विभिन्न जिल्लाहरुमा पनि प्रदर्शन गरेका छन् ।

नेपाल आयल निगमले गएको आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढाएको छ ।

कार्यक्रममा युवा संघको केन्द्रिय सदस्य तिलक घलान, नगर इन्चार्ज जयराम कुँवर, युवा संघको केन्द्रिय सदस्य इराज कोइराला र स्थानीयहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन अनेरास्ववियुका जिल्ला अध्यक्ष श्यामकृष्ण घिमिरेले गर्नुभएको थियो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?