जीतपुरसिमरामा युवकको घाटी रेटी हत्या गर्ने दुई जना पक्राउ

                     
  नेपाल लेख   २०७९ जेष्ठ १०, मंगलवार ११:४४

जेष्ठ १० (सिमरा)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२० मा हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वर्ष २० का शेख नवि आलम र वर्ष २१ को शेख सलिम रहेका छन् ।उनीहरुले जेठ ३ गते वडा नं. २० बस्ने २५ बर्षिय युवक दिपक पासवानको हत्या गरी कठोह खोला छेउको बालुवामा पुरेका थिए । उक्त खोला बसडिलवा गोठ टोल देखि करिब ५ सय मिटर दक्षिणमा पर्ने गर्दछ ।

मृतक पासवानको घाटीमा धारिलो घरेलु हतियार बखुवा (खुर्पा) ले हत्या गरेको भेटिएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिनुभयो । पक्राउँ परेका दुबै जना पासवानसँग भएको रिस साधन उनको हत्या गरेको उहाँले बताउनुभयो ।

घट्ना पश्चात गाउँघर छाडी फरार रहेकोे हत्या आरोपिहरुलाई प्रहरीले पक्राउ गरेको थियो । बारा जिल्ला अदालतबाट पहिलो पटक ७ (सात) दिनको म्यद अनुमती लिई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जेठ ६ गते खोला छेउमा पासवानको शब देखेपछि गाउँलेहरुले प्रहरीलाई खबर गरेका थिए ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?