जेष्ठ ०१ (निजगढ)
निजगढ नगरपालिकामा यतिहेर मतगणना गर्ने कार्य जारी नै रहेको छ । अहिले सम्मको मतगणना अनुसार विजयी भएका वडा नम्बर ११, १२ र १३ वडाहरुको मत गणनामा गठबन्धनका मेयर पदका उम्मेदवार सुरेश कुमार खनालको अग्रता देखिएको छ ।
गठबन्धनबाट मेयर पदका उम्मेदवार खनालले ३ सय ८ मतले नेकपा एमालेका मेयर पदका उम्मेदवार सुरथ पुरीलाई पछि पारेका छन् । भने नेकपा एमालेका उपप्रमुख पदका उम्मेदवार सोममाया थिङ्गले ३ सय १२ मतले रविराज दंगाललाई पछि पारेकी छिन् ।
गठबन्धनका मेयर खनालले २ हजार २ सय २ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका मेयर सुरथ पुरीले १ हजार ८ सय ९४ मत प्राप्त गरेका छन् ।
यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले १ हजार ६ सय ९७ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले २ हजार ९ मत प्राप्त गरेकी छन् ।